सौराहाका बाढी पिडीत पर्यटक उद्धारको पर्खाइमा



-
-

पर्यटकीय नगरी सौराहामा राप्ती र बुढीराप्ती खोलाको बाढी पसेपछि त्यहाँ रहेका करिव छ सय पर्यटक उद्धारको पर्खाइमा छन्।

अधिकांश होटल डुबानमा परेका छन्। ती होटलको पहिलो तल्ला पानीले डुबेको सौराहास्थित क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। उनीहरुलाई हात्तीको सहायताले बसेकै होटेलको माथिल्लो तला वा नजिकको तला भएको होटलमा सार्ने काम भइरहेको घिकिरेले बताए।

सौराहा र रत्ननगरको बीचमा रहेको चित्रसारी खोला बढेसँगै यातायात आवागमन रोकिएको छ । पर्यटकलाई हात्तीको सहायताले सुरक्षित स्थानमा लैजानसक्ने अवस्था पनि पनी छैन।

प्रमुख जिल्ला अधिकारी र नेपाल पर्यटन बोर्डमा पनि उद्धारका लागि वातावरण सिर्जना गर्न आग्रह गरिएको अध्यक्ष घिमिरेले बताए। पानीको मात्रा निरन्तर बढेकाले पर्यटक आत्तिएका छन्। सौराहामा अहिले नेपाली दुई सय, भारतीय दुई सय र अन्य मुलुकका दुई सय गरी छ सय पर्यटक रहेको घिमिरेले बताए।

कतिपय पर्यटकको आज फर्कने तालिका भए पनि वर्षाका कारण असम्भव बनेको छ। होटलमा पहिलो तल्लामा रहेका भान्सा घर र सामग्री डुबानमा परेपछि बिहानबाट उनीहरुले खान पाएका छैनन्। बाढीले तीन वटा गाडी बगाएको बताइएको छ।

सौराहाको होटल सेभेनस्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले पर्यटकको उद्धारका लागि गृहमन्त्रीलाई समेत आग्रह गरिए पनि प्रक्रिया अघि नबढाइएको गुनासो गरे।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पानीमा हात्ती लामो समय नहिँड्ने, साना डुङ्गामा पनि सम्भव नहुने भएकाले देवघाटबाट चार वटा ¥याफ्टिङ् मगाइएको र त्यसकै सहायताले सुरक्षितस्थलसम्म पर्यटकलाई ल्याउने तयारी भइरहेको बताए। सौराहामा रहेका ११० वटा होटलमध्ये धेरैजसोको पहिलो तलामा पानी भरिएपछि त्यहाँ रहेका सामग्री नष्ट भएका छन्। पर्यटक आगमनको मौसम सुरु हुँदै गर्दा बाढी आएको हो।

विसं २०५९ यताको सबैभन्दा ठूलो बाढी सौराहामा पसेको हो । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो। रासस

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 14:17:21

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...