पत्रकार महासंघको चुनावमा युनियन र सेन्टरबीच तालमेल

६७ः३३ प्रतिशतको आधारमा पद बाँडफाँड हुने, चर्चामा को को छन्?




नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच चुनावी तालमेल हुने पक्का भएको छ।

NIC ASIA

श्रमजिवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन अगामी भदौं ४ र ५ गते काठमाडौंमा हुँदैछ। अघिल्ला दुई कार्यकालमा एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संघ लगायत साना संगठनहरुबीच बाम गठबन्धन हुँदै आएको थियो। तर, यो पटक सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रबीचको समझदारीका आधारमा पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरबीच गठबन्धन हुने भएको हो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमै प्रेस युनियन र प्रेस सेन्टरबीच २५ औं महाधिवेशनमा गठबन्धन गर्ने समझदारी बनेको हो। कांग्रेस सभापति देउवाले पत्रकार महासंघको निर्वाचनका विषयमा उम्मेदवार छनोट तथा गठबन्धन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई तोकेका छन्। तर, बरिष्ठ नेता रामचन्द्र पौडेलले खटाएका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रेस युनियनले नेतृत्व छोड्न नहुने अडान लिएपछि गठबन्धनका विषयमा निर्णय हुन सकेको थिए। रिजालले प्रेस युनियनले नेतृत्व छोड्न नहुने पक्षमा रहेको र छोड्ने भए आफू बैठकमै नआउने बताएपछि देउवाले जिम्मेवारी दिएका नेता महतले निर्णय लिन असफल भएका थिए।

नेता महतले आसन्न पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसँग गठबन्धन गर्ने कि नगर्ने, प्रेस युनियनले नेतृत्व छोड्ने कि लिने भन्नेबारे निर्णय लिन नसकेपछि प्रधानमन्त्री देउवाले शनिबार साँझ नेपाल प्रेस युनियनका तर्फबाट अध्यक्षका आकंक्षीसहित प्रेस युनियनका पूर्वअध्यक्ष एवं युनियनका तर्फबाट चुनाव जितेका पत्रकार महासंघका पूर्वअध्यक्षहरुलाई राखेर छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी थिए।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा प्रेस सेन्टरलाई यो पटक अध्यक्ष दिने र उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित अन्य पदहरु युनियनले लिएर मिलेर चुनावमा जाने समझदारी भएको थियो। त्यसपछि देउवा र प्रचण्डकै निर्देशनअनुसार प्रेस युनियन र प्रेस सेन्टरबीच आसन्न महाधिवेशनमा गठबन्धनको सहमति भएको हो।

यस्तो छ पद बाँडफाँडको सहमति
प्रेस युनियन र प्रेस सेन्टरबीच भएको सहमति अनुसार अध्यक्ष प्रेस सेन्टरले पाउने भएको छ। सोही सहमति अनुसार गोविन्द आचार्यलाई अध्यक्ष बनाएर प्रेस युनियन र प्रेस सेन्टर चुनावी मैदानमा उत्रिने पक्का भएको छ।

योसँगै पद बाँडफाँडमा पनि दुई संगठनबीच मोटामोटी सहमति भइसकेको छ। अध्यक्ष छोडेको प्रेस युनियनले एक उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र ३ सचिव लिनेछ भने प्रेस सेन्टरले अध्यक्षसहित समावेशी उपाध्यक्ष, दुई सचिव लिने सहमति भएको छ। यस्तै, १० प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको बाँडफाँड पनि लगभग टुंगो लागेको छ। सहमति अनुसार प्रत्येक प्रदेशबाट प्रेस युनियन र प्रेस सेन्टर एक-एक जना उम्मेदवार हुनेछन्। पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बाँडफाँडबारे मोटामोटी सहमति भएपनि अन्तिम टुंगो लाग्न भने बाँकी छ।

प्रेस युनियनका एक नेताका अनुसार दुई संगठनबीच ६७ः३३ प्रतिशतका आधारमा पद बाँडफाँड गरिने छ। अन्य साना दल निकट पत्रकारका संगठनलाई आफ्नो पक्षमा लिँदा भने केही घटबढ हुनेछ।

प्रेस युनियन र प्रेस सेन्टरले आदिबासी जनजाति पत्रकार संघ (फोनिज), नयाँ शक्ति, राप्रपा, मोहन बैद्यनिकट पत्रकारको संगठनलाई पनि आफूसँगै ल्याउन पहल गरिरहेका छन्।

युनियनबाट क–कसको छ चर्चा?
अध्यक्ष छोडेको प्रेस युनियनका तर्फबाट कसको नेतृत्वमा निर्वाचनमा जाने भन्ने विषयको टुंगो लागिसकेको छैन। आफूले पाउने उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहितका पदमा कसलाई पठाउने भन्ने निर्णय लिन प्रेस युनियनले केन्द्रीय समितिको बैठक बोलाएको छ।

केन्द्रीय समितिको बैठकले नै कसको नेतृत्वमा निर्वाचनमा होमिने भन्ने विषयमा निर्णय लिनेछ। अध्यक्षको दाबी गरिरहेका प्रेस युनियनका पूर्व अध्यक्ष समिरजंग शाह, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघका पूर्वसचिव रामजी दाहालमध्येबाटै एकजनालाई प्रेस युनियनको नेतृत्व गरेर चुनावी मैदानमा उतार्ने प्रयास भइरहेको छ। प्रेस युनियनले उपाध्यक्षमा समिरजंग शाह वा विपुल पोखेरललाई उम्मेदवार बनाउने तयारी पनि गरेको छ। शाह र पोखरेलमध्ये दुवैले महासंघमा जान इच्छा देखाए एकलाई उपाध्यक्ष र अर्कोलाई महासचिवको उम्मेदवार बनाइने स्रोतको दाबी छ।

यस्तै, उपाध्यक्षको उम्मेदवार शाह र पोखरेल एकलाई बनाउने र महासचिवको उम्मेदवार रामजी दाहाललाई बनाउने पनि कसरत भइरहेको छ। अध्यक्षको दाबी गरिहेका नेता रामप्रसाद दाहाललाई सचिवको उम्मेदवार बनाउने पनि चर्चा प्रेस युनियनभित्र चलेको छ।

यस्तै, एशोसिएट सचिवमा युनियनका तर्फबाट विनय देवकोटा, प्रकाश थापा र प्रकाश तिमिल्सिनाले दाबी गरिरहेका छन्। खुल्ला सचिवमा रामप्रसाद दाहाल जान तयार भएमा अन्य आकंक्षीहरु माधव दुलाल, दिलिप थापा मगर दौडबाट बाहिरिने छन्। यस्तै, समावेशी सचिवमा राजेश मिश्रलाई उम्मेदवार बनाउने युनियनको तयारी छ।

कोषाध्यक्ष पाउने मोटामोटी सहमति भएपनि त्यो युनियनसँगै रहने स्थिति आए माधव दुलाल, प्रकाश तिमिल्सिना र रमेश खतिवडामध्ये एकलाई उम्मेदवार बनाउने युनियनको तयारी छ। युनियनबाट खुल्ला केन्द्रीय सदस्यमा प्रेस युनियन काठमाडौंका अध्यक्ष नकुल अर्याल, पदमराज जोशी र लक्ष्मण कार्कीले टिकट पाउने सम्भावना बलियो बनेको छ। यस्तै, महिला केन्द्रीय सदस्यमा प्रेस युनियन ललितपुरकी अध्यक्ष जानुका बरालले पनि दाबी गरेकी छिन्।

उम्मेदवार छान्दै प्रेस सेन्टर
प्रेस सेन्टरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा उनका प्रेस सल्लाहकार रहेका गोविन्द आचार्यलाई अध्यक्षमा उठाउने निर्णय गरिसकेको छ।

सेन्टरले समावेशी उपाध्यक्षसहित केही सचिव र केन्द्रीय सदस्यको उम्मेदवार छान्ने तयारीमा छ। समावेशी उपाध्यक्षमा सेन्टरले वर्तमान सचिव संगीता खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको सेन्टरका एक नेताले बताए।

उनका अनुसार सेन्टरले पद बाँडफाँडको कुरो टुंगो लाग्ने वित्तिकै सहमतिमै टुंग्याइने छ। युनियन र सेन्टरबीच पद बाँडफाँडबारे अन्तिम टुंगो लागेपछि मात्रै गठबन्धन भएको औपचारिक घोषणा गरिने छ।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 13:46:09
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...