बाढीले जिप बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु



रौतहटमा बाढीले जिप बगाउँदा सुत्केरी गराउन अस्पताल लैजाँदै गरिएकी महिलासहित ६ जनाको मृत्यु भएको छ।

आइतबार बिहान तीन बजेतिर परोहा गाउँपालिका –३ की सर्मिला यादवलाई सुत्केरी व्यथा लागेपछि लौकाहाबाट राजपुर अस्पतालमातर्फ जाँदै गरेको जिप राजपुर गाउँपालिका–३ मा बाढीले बगाएको थियो। बाढीले जिप बगाउँदा सुत्केरी सर्मिलासहित उनका श्रीमान ३२ वर्षीय चन्दन यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको मृत्यु भएको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।

जीपका चालक र अर्का एक व्यक्तिले भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्। चन्दनकी श्रीमती सर्मिला यादवलाई सुत्केरी ब्यथा लागेपछि भारतीय नम्बर प्लेटको जिपमा उनीहरु स्वास्थ्य केन्द्रतर्फ जाँदै थिए। चार दिनदेखि परिरहेको अविरल वर्षाका कारण रौतहटको ८० प्रतिशत भूभाग डुवानमा परेको छ।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 11:25:41


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।