मध्य रातमा सिन्धुलीमा पहिरो, एकै परिवारका चारको मृत्यु



 कमलामाई नगरपालिका वडा नम्बर–६ स्थित २ नम्बर बजारमा  पहिरो आए पछि उद्धार गर्दै नेपाली सेना
कमलामाई नगरपालिका वडा नम्बर–६ स्थित २ नम्बर बजारमा पहिरो आए पछि उद्धार गर्दै नेपाली सेना

गए राती पहिरो जाँदा सिन्धुलीको कमलामाई नगरपालिका एकै घरका चार जनाको मृत्यु भएको छ। नगरपालिका वडा नम्बर–६ स्थित २ नम्बर बजारमा पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका उनीहरूको पहिरोले पुरिएर मृत्यु हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुर्गा कुमारी खड्का, शोभा खड्का (१५ वर्ष), अनिस खड्का वर्ष (१० बर्ष) र मनिष खड्का (वर्ष ८) का रहेका छन्।

राती करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो। सँगै सुतिरहेका उद्य वहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घटना घटेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ।

प्रहरी कार्यालयलाई बारम्वार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घटना घट्न पुगेको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए।

महासंघको भवन समेत खतरामा रहेको छ।

 

प्रकाशित २८ साउन २०७४, शनिबार | 2017-08-12 08:15:02

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...