मुख र आँखा सुख्खा पार्ने जोग्रेन सिन्ड्रोम के हो?



जोग्रेन सिन्ड्रोम सन् १९३३ मा स्वीजरल्याण्डका आँखाका डाक्टर हेनेरिक जोग्रेनले पत्ता लगाएका थिए। उनले आफ्ना बिरामीहरु आँखा सुख्खा हुने, मुख सुख्खा हुने र उनीहरुमा थुक निकाल्ने ग्रन्थी बढ्ने गरेको देखे। मुख्यगरी यो समस्यामा आँखा र मुख सुख्खा हुने तथा थुक निकाल्ने ग्रन्थी (पारोटिड ग्ल्याण्ड) बढेको पाइन्छ।

यो हाम्रो शरीरमा हुने टी र बी सेल्सको डिरेगुलेसनका कारण इनेट पाथमा पोल्न थाल्छ। शरीरमा बनेको अटो एण्टीबडी जसलाई एन्टी रो र एन्टी ला भनिन्छ, का कारण यस्तै खालका विभिन्न लक्षणहरु देखिन थाल्छन्।

 यस रोगलाई मुख्यतः दुई भागमा बाँडिएको छ।

१. प्राइमरी जोग्रेन (आफैँ हुने)

२. सेकेन्डरी जोग्रेन (अन्य बाथ रोगसँग आउने)

साधारणतया यस रोग लागेकाहरु सुरुमा धेरै मुख र आँखा सुख्खा भयो भनेर चिकित्सकहरुकहाँ आउने गर्दछन्। मुख र आँखा सुख्खा हुने अरु धेरै कारण हुनसक्छन्। मधुमेह भएका बिरामीहरु, पानी कम पिउने, धेरै गर्मी हुने ठाँउमा बसेका मानिसहरु, खास किसिमका औषधिहरु सेवन गरेकाहरु, रेडियसन थेरापी लिएकाहरु लगायतका मानिसहरुमा सुख्खापन देखिन सक्ने सम्भावना रहन्छ। त्यसकारण मुख र आँखा दुवै सुख्खा हुँदैमा जोग्रेन नै भएको हो भन्न मिल्दैन।

अन्य कारणले मुख र आँखा सुख्खा हुनु र जोग्रेनमा के भिन्नता छ?

मानिसमा यी लक्षणहरु तीन महिनाभन्दा लामो समयदेखि रहेको पाइएमा त्यो जोग्रेन हुनसक्छ। बिरामीलाई अत्यधिक मात्रामा मुख सुख्खा हुनु, पानी नपिइकन खाना निल्न नसक्नु, खाना खाँदा पटकपटक पानी पिउनैपर्ने हुनु, सुख्खा किसिमका खानेकुराहरु जस्तै, पाउरोटी, बिस्कुट, चिउरा, आदि खान निकै कठिनाइ हुनु  र गिँजामा अड्किनु, गिँजामा घाउ देखिनु, गालाको छेउछाउमा रहेका प्यारोटिड ग्रन्थीहरु बढेको हुनु, आँखामा अत्यधिक सुख्खा महसुस हुनु, रुँदा आँखामा आँसु नआउनु, आँखामा बालुवा वा धुलो पसेको जस्तो अनुभुति हुनु र बारम्बार आँखामा हाल्ने कृतिम आँसुको प्रयोग गर्न बाध्य हुनुजस्ता लक्षण देखिए त्यो जोग्रेन हुनसक्छ।

के यो रोग यत्तिमै मात्र सीमित रहन्छ त?

यो रोग मुख र आँखा सुख्खा पार्नमै मात्र पनि सीमित रहन पनि सक्छ तर अरु लक्षण या अरु अंगमा पनि असर पुर्‍याउन सक्छ। ग्रन्थीहरु बाहेक (आँखा,मुख) अरु अंगमा पनि असर पुर्‍याउने जोग्रेनलाई (एक्स्ट्राग्ल्याण्डुलर जोग्रेन) भनिन्छ।

यसका अन्य असर के हुन सक्छ त?

  • छालामा सुख्खापन
  • जोर्नी दुख्ने
  • फोक्सोमा सुख्खापन/स्वास नलीमा सुख्खापन
  • फोक्सोमा आइसिडी भन्ने रोगजस्तै एक प्रकारको दम रोग निम्त्याउँछ
  • महिलाहरुको योनीमा सुख्खापन
  • मृगौलामा असर पुर्‍याइ टुबुलर एसिडोसिस गराउँछ
  • यसको कारणले केही बिरामीहरुमा पछि लिम्फोमा पनि हुनसक्छ

यस रोगको पहिचान कसरी गर्ने?
यदि ३ महिनाभन्दा बढी समयसम्म मुख र आँखा बढी सुख्खा हुन्छ र गालाको छेउछाउमा पारोटिड ग्रन्थीहरु बढेको पाइन्छ। आँखा विभागमा गएर विशेष किसिमको आँखाको जाँच (सिरमर टेस्ट) गराउनु पर्छ। यस जाँचमा आँखामा विशेष किसिमको कागज राखिन्छ र आँसुको मात्राको जाँच गरिन्छ। कागज राखेको १ मिनेटमा ५ एमएमभन्दा बढी भिजेको हुनुपर्छ। यदि एक मिनेटमा ५ एमएम भन्दा कम कागज भिजेमा सुख्खापन भएको बुझ्नुपर्छ।

पारोटिड ग्रन्थीको एम आर आई सिआलोग्राफी अथवा ओठको बायोप्सी गर्दा रोगको पहिचान हुन सक्छ। रगतमा एण्टीबडी एण्टी रो र एण्टी ला भन्ने जाँच गर्नुपर्दछ।

उपचारः रोगको पहिचान भइसकेका बिरामीको 

  • मुख सफा राख्ने
  • आँखामा बारम्बार औषधि हाल्ने
  • इम्युनोसप्रेसिभ औषधि सेवन गर्ने
  • यदि मुख सुख्खा र आँखा मात्र सिमित छ भने खासै डर मान्नुपर्ने तर अरु अङ्गहरुमा असर गर्ने हो भने औषधिको प्रयोग गर्नुपर्दछ।

 (बाथरोग बिशेषज्ञ डा. रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालधापासीमा कार्यरत छन्)

प्रकाशित २७ साउन २०७४, शुक्रबार | 2017-08-11 14:36:05

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...