काभ्रेका एकै परिवारका चार जनाको मृत्यु रहस्य खुल्यो

प्रहरी भन्छः सामूहिक आत्महत्याको कारण बन्यो सम्पति विवाद



गत साउन ६ गते काभ्रेको बनेपास्थित पुरानो बसपार्कमा रहेको गौतम भोजनालयभित्र मृत भेटिएका एकै परिवारका चार जनाले आत्महत्या गरेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले टुकुचा नाला डुुडामुखका ६५ वर्षीय हरिभक्त दाहाल, उनकी श्रीमती ६० वर्षीया हरिमाया, छोरा ३२ वर्षीया राजाराम र छोरी २५ वर्षीया रञ्जनाले आत्महत्या नै गरेको रहस्य खोलेको हो।

लामो अनुसन्धानपछि फर्किएको सिआईबीको टोलीले चारै जनाले आत्महत्या नै गरेको प्रतिवेदन तयार पारेको छ। प्रहरीले तयार पारेको रिपोर्टमा घरायसी विवादकै कारण चार जनाले आत्महत्या गरेको उल्लेख छ। सिआईबीका एक उच्च अधिकृतका अनुसार अनुसन्धानले चारै जनाले आत्महत्या गरेको देखाएको बताए। ‘उनीहरुका मृत भेटिएको ठाउँमा सेलफस नामको विषको भाँडो पनि भेटिएको छ। मृतकको मुखमा फिज आएको पनि पाइएको थियो। घटनाको सबै प्रकृति हेर्दा उनीहरुको हत्या नभई आत्महत्या नै भएको पुष्टि हुन्छ,’ ति प्रहरीका उच्च अधिकृतले नेपालखबरसँग भने।

एकै परिवारका चार जनाको भोजनालयको कोठाभित्र सटर लगाइएको अवस्थामा मृत फेला परेपछि एसपी अरुण पौडलको नेतृत्वमा सिआईबीको टोली काभ्रे पुगेको थियो। २०६० सालमा टुकुचा नालाका राजारामले कमला गेलालस“ग विवाह गरेका थिए। कमलाबाट एक छोरा र एक छोरी जन्मिएपछि राजारामले अर्को विवाह गरेका थिए। कान्छी श्रीमतीका रुपमा राजारामले रामेछाप घर भई बनेपा बस्दै आएका झम्कप्रसाद गौतमकी साइली छोरी पूजा गौतमलाई भित्र्याएका थिए।

कान्छी भित्र्याएपछि जेठी श्रीमती कमला छोरा र छोरीलाई लिएर छुट्टै बस्दै आएकी थिइन्। कान्छी भित्र्याएपछि राजाराम विदेश पैसा कमाउन गएको र त्यसको केही वर्षपछि फर्केर बनेपास्थित पुरानो बसपार्कमा गौतम भोजनालय चलाउँदै आएका थिए।

घरायसी विवाद नै बन्यो आत्हत्याको कारण
कमलाबाट एक छोरी र एक छोरा भइसकेपछि राजारामले कान्छी श्रीमतीका रुपमा पूजालाई घरमा भित्र्याएदेखि नै परिवारमा विवाद सुरु भएको थियो। घरायशी विवादको विषय बन्यो अशंबण्डा। बुबा हरिभक्तले आफ्नी श्रीमती हरिमायाको नाममा जग्गा राखिदिएका थिए। तर, पूजाले ससुरा हरिभक्त, सासु हरिमाया र श्रीमान राजारामको नाममा रहेको सम्पति आफ्नो नाममा नामसारी गर्न सफल भइन्।

कान्छी श्रीमतीका रुपमा पूजालाई भित्र्याएको १० दिनमै राजारामले बाबु हरिभक्तको नाममा रहेको टुकुचा नाला गाविस–८ को एक रोपनी जग्गा २०६२ साल भदौ ६ गते १ पूजाको नाममा पास गरिदिएका थिए। २०७३ मसिंर ७ गते पूजाले आफ्नो प्रभावमा पारेर सासुको नाममा रहेको उग्रचण्डी नाला–६ को ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा आफ्नो नाममा पास गराएकी थिइन्।

२०७३ मंसिर ७ गते सबै सम्पति आफ्नो नाममा राख्न सफल भएपछि त्यसको दुई दिनपछि मंसिर ९ गते पूजाले सम्बनध विच्छेदका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता गरिन्। तर, चार दिनपछि छोरा पुजन श्रीमान राजारामसँगै रहने गरी मिलापत्रसहितको सम्बनध बिच्छेद गरेर श्रीमतीकै रुपमा फेरि राजारामसँगै बसिन्।

यस्तै, राजारामसँग सम्वन्ध विच्छेद गरेको २३ दिनपछि साविक दक्षुटोल–१ मा २ आना २ दामको जग्गा बनेका तीन तल्ले घर पनि पूजाले आफ्नो नामा राखेकी थिइन्। उक्त घर राजाराम विदेशबाट फर्किएर गौतम भोजनालय सञ्चालन गरेर कमाएको पैसाले निर्माण गरेका थिए। राजारामकी अंशबण्डाको विवादकै कारण राजारामको परिवार मानसिक तनावमा थियो।

प्रहरीले ढोका र सटरभित्रैबाट ताल्दा लगाइएको अवस्थामा पाइएको, राजारामले तरकारी ल्याउने पसलेलाई भोलिदेखि तरकारी चाहिँदैन नल्याउनूँ भनको र विषको भाँडो भेटिएकाले हत्या नभएर आत्महत्या नै भएको दाबी गरेको छ। मृतकको मुखबाट फिज आएको पनि पाइएकाले विष सेबन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

के भएको थियो घटनाको दिन
घटना हुँदाका दिन पूजा आफ्नी माइली दिदी सुशीला भट्टराईकोमा पुगेकी थिइन्। घरमा श्रीमान राजारामकी बहिनी रञ्जनाको बिहेको कुरा पनि चलेको थियो। रञ्जनाको बिहेको कुरामा विवाद भएपछि पूजा आफ्नी माइली दिदी सुशीलाको घरमा गएकी थिइन्।

रञ्जनाको विहेको कुरामा विवाद भएपछि मर्छु भन्दै घरबाट पूजा निस्किएपछि राजाराम तनाव थिए। सधै शान्त रहने राजारामले त्यो दिन निकै रुखो व्यवहार गरेका थिए। होटलमा आएका ग्राहकलाई मात्रै होइन तरकारी लिइदिएर आउन भनेकी एक महिलालाई समेत उनले झोक्किँदै तरकारी तपाई नै लैजानु भन्दै फिर्ता पठाएका थिए। बाटोमा हिड्ने मान्छेलाई सटर तान्न लगाएर राजारामले भित्रबाट ताल्चा लगाएको अनसुन्धानबाट खुलेको छ। साँझ ७ बजेतिर सटर बन्द गरेका थिए राजारामले। भित्रका ढोकामा समेत ताल्चा लगाइएको थियो।

सटर बाहिर सिसा फुटेको सर्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। सटरभित्रबाट ताल्दा लगाइएकाले इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अनिल घिमिरेको नेतृत्वमा घटनास्थल पुगेको प्रहरीले झण्डै आधा घण्टा लगाएर सटर फुटाएका थिए। सटर फुटाएर भित्र पस्दा परिवारका चारै जना मृत फेला परेका थिए।

आत्महत्या भएको खुलेपछि फिर्ता भयो जग्गा

प्रहरीको अनुसन्धानबाट चारै जनाको मृत्युको कारण आत्महत्या भएको खुलेपछि राजारामसँग सम्बन्ध विच्छेद गरेकी पूजाको नाममा रहेको जग्गा जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला तथा उनका छोरा सुरजका नाममा पाँच रोपनी जग्गा पास गरिदिएकी छिन्।

पूजाले अघिल्लो वर्ष मसिंर ७ गते सासु हरिमाया दाहाललाई प्रभावमा पारेर उनको नाममा रहेको उग्रचण्डी नाला–६ मा रहेको झण्डै ६ रोपनी जग्गा आफ्नो नाममा गराएकी थिइन्।

 

 

प्रकाशित २६ साउन २०७४, बिहिबार | 2017-08-10 13:06:25

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...