Exclusive

मकै उत्पादन दोब्बर भएपछि किसान उत्साहित



उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्धि भएपछि किसान उत्साहित बनेका छन्। उत्पादन वृद्धि भएकै कारण उनीहरु उन्नत बीउप्रति आकर्षित भएका छन्।

 हलेसी तुवाचुङ नगरपालिकाका बडहरे, च्यास्मिटार, दुर्छिम, बाहुनीडाँडाका किसानले मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय जातको भन्दा दोब्बरले वृद्धि भएको छ। स्थानीय जातको भन्दा ठूलो बोट भएको मनोकामना–३ जातको मकैमा घोगा पनि ठूलै लाग्ने गरको बडहरेकी गंगादेवी दाहालले बताए।

स्थानीय नमुना कृषक समूहकी सचिवसमेत रहेका दाहालका अनुसार हाल सो स्थानका कृषक मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्न उत्साहित बनेका छन्। जिल्ला कृषि विकास कार्यालय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’सँगको समन्वयमा नवकिरण सेवा समाज दुर्छिम र सवल परियोजनाको साझेदारीमा बीए वितरण गरिएको हो।

पारिजात कृषक समूहका अध्यक्ष जीवनाथ दाहालका अनुसार परियोजनाले सो क्षेत्रका कृषक समूहलाई १२० किलो बीउ वितरण गरेको छ। उत्पादित मकैलाई बीउकै रुपमा मात्र प्रयोग गर्ने योजना बनाएको उनको भनाइ छ। एक क्विन्टल बीउबाट करिब १० मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरिएको छ।

मनोकामना–३ जातको मकै सो क्षेत्रको मौसम अनुकूल भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत फुलकुमार शाहले बताए। जिल्लामा उत्पादन भएको बीउ ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत जिल्लाका कृषकले समेत माग गरिरहेका उनले बताए। रासस

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 15:36:18
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।