निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै रामपुर क्याम्पसका विद्यार्थी आन्दोलनमा


Kshamadevi Group


विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ। निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन्।

गत असार ६ गतेबाट आन्दोलन गरेका विद्यार्थीले गएको सातादेखि सबै काम ठप्प पारी क्याम्पसको द्वारमै धर्ना दिएका छन्। विद्यार्थी आन्दोलनले सबै काम रोकिएको क्याम्पसका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए। ‘यसअघिका आन्दोलनमा ल्याबहरु खुल्थे, अहिले ल्याबसमेत खुल्न सकेको छैन’, उनले भने।

विश्वविद्यालयले सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको आंगिक क्याम्पस स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थालेको अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष विश्वास अम्गाईले बताए।

असार ६ गतेबाट आन्दोलन थालेका विद्यार्थीे समूह ९दुई अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियु०ले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। विद्यार्थीको मागमा सुनुवाइ नै नगरी काठमाडौँमा बसेर थप प्रक्रिया अगाडि बढाएपछि सबै काम ठप्प पारेर सात दिनदेखि धर्नामा बसेको अध्यक्ष अम्गाईले जानकारी दिए।

विश्वविद्यालयले पहिलोचरणमा नवलपरासीको गैँडाकोटमा दुईवटा, परासीमा एक, झापामा एक, इटहरीमा एक, सप्तरीमा एक सुर्खेतमा एक, टीकापुरमा एक र काठमाडौँमा एक गरी १० वटा निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको विद्यार्थीको भनाइ छ। करोडौँ रकम आर्थिक चलखेल गरी निजी कलेज सञ्चालनको तयारीमा विश्वविद्यालयका पदाधिकारी लागेको आरोप अम्गाईले लगाए।

विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले यस विषयमा तीन वर्ष अगाडिदेखि नै विज्ञापन भएको तर अहिलेको प्रक्रिया नभएको बताए। शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाइरहेकाले रोक्ने स्थिति भएको प्रतिक्रिया दिँदै उनले सम्बन्धनका लागि २४ वटा आवेदन परेकामा १४ वटाको स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाइएको जानकारी दिए। उपकुलपति डा. ढकालले आन्दोलन गर्नुभन्दा विद्यार्थीको पढ्न पाउने अधिकार संरक्षणमा ध्यान दिन आग्रह गरे।

विश्वविद्यालयको सभाबाट पारित भएर विश्वविद्यालयले सातवटा आंगिक क्याम्पसको प्रक्रियासमेत अगाडि बढाएका बेला निजीलाई सम्बन्धन दिन नहुने तर्क गर्छन उपप्राध्यापक अनन्त सुवेदी। उक्त विश्वविद्यालय अन्तर्गत अहिले कास्कीमा एउटा आंगिक क्याम्पस, हेटौँडामा वनविज्ञान संकाय तथा केन्द्रीय कार्यालय, चितवनमा कृषि संकाय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय सञ्चालित छ। रासस

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 15:24:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।