शोकाकुल गरुडा गाउँमा चुल्हो बलेन

सभामुखको सरकारलाई रुलिङ


Kshamadevi Group


सडक बनाउँदा छेउमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एउटा परिवारका चारजना बालिकाले ज्यान गुमाएपछि रौतहटको गरुडा शोकमग्न बनेको छ।

दुई छोरी गुमाएपछि बेला–बेला मुर्छित भइरहने रामरती साह होस आउँदा भक्कानिएर रुन्छिन्। राम एकबाल साहकी दुई छोरी र उनका भाइहरु योगेन्द्र र प्रेमका एक–एकजना छोरी बिहान घाँस काट्न घरबाट निस्केका थिए।

उनका अनुसार खेतमा बिहान उनले छोरीहरुलाई घर जान भनेका थिए। छोरीहरुबाट ‘पछि आउँछौं’ भन्ने जवाफपछि उनी घर फर्किए।

तर छोरीहरु कहिल्यै नफर्किने गरी बिदा भइसकेका रहेछन्। दिउँसोसम्म नफर्केपछि खोजी शुरु गर्दा पानीले भरिएको खाल्डोमा चारैजना छोरीहरु मृत अवस्थामा तैरिरहेका भेटिएका थिए।

शनिबारको दुखान्त घटनापछि शोकमा डुबेको गाउँमा आइतबार दिउँसोसम्म चुल्हो नबलेको बताउँदै स्थानीय एक महिला पार्वती देवीले भनिन्, ‘बालिकाको घरपरिवारका मात्र होइन, टोलका कसैले केही खाएका छैनन्।’

सभामुखको सरकारलाई रुलिङ
यसैबीचसभामुख ओनसरी घर्ती मगरले रौतहटको गरुडा खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाबारे संसदलाई जानकारी दिन सरकारलाई रुलिङ गरेकी छिन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको संसद बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल एमालेले रौतहटको गरुडामा चार बालिकाको मृत्यु भएकोबारे जानकारी दिएसम्म बैठक अघि बढ्न नदिने चेतावनी दिएपछि सभामुख घर्तीले सरकारलाई अर्को बैठकमा घटनाको सत्यतथ्य जानकारी दिन रुलिङ गरेकी हुन्।

संसद बैठकको सुरुमै विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले रौतहटको गरुडामा सकडमा खनिएको खाल्डोमा जमेको पानीमा पुरिएर चार बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी दिन माग गरेका थिए।

ढकालले डिभिजन सडक कार्यालयले सडक निर्माणका क्रममा खाल्डो खनिएको, खतराको चिन्ह नराखिएको र घटनाबारे पाँच मिनेटमा प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले चासो नदिएको पाइएको भन्दै घटनाबारे सरकारले सत्यतथ्य जानकारी गराउनु पर्ने बताए।

शवसहित प्रदर्शन

निर्माणाधिन सडकको खाल्डोमा परेर मृत्यु भएका चार बालिकाहरुका आफन्तले रौतहटमा मृतकको शवसहित प्रदर्शन गरेका छन्।

घाँस काटेर फर्किने क्रममा सडकमा खनिएको खाल्डोमा परी मृत्यु भएका मृतकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित प्रदर्शन गरेका हुन्। उनीहरुले डिभिजन सडक कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीका कारण वालिकाहरुको मृत्यु भएको आरोप लगाएका छन्।

शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका उनीहरुले आफ्नो माग पूरा नभएसम्म वालिकाहरुको अन्तिम सँस्कार नगर्ने अडान लिइरहेका छन्। मृतकका आफन्त, परिवार र स्थानीयले विहानदेखि नै रौतहटको गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको अगाडि प्रदर्शन गरिरहेका छन्। 

डिभिजन सडक कार्यालयले निर्माण गरिरहेको बाटोमा खनिएको खाल्डोमा परी शनिबार चार वालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गरुडा नगरपालिका निवासी १२ वर्षिय संगीता कुमारी शाह, ९ वर्षिय सुनिता शाह, ९ वर्षिय सुनैन शाह र ९ वर्षिय सुस्मिता शाह रहेका छन्।

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 09:20:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।