Exclusive

भूकम्पले ध्वस्त गोरखाका ४३ स्वास्थ्य चौकी भवन पुनःनिर्माण

अझै पनि माछीखोला, थुमी र स्वाँरालगायतका स्वास्थ्यचौकी भवन त्रिपाल र टहरोबाटै संचालन भइरहेका छन्



गोरखामा बनेको अर्धपक्की स्वास्थ्य चौकीको नयाँ भवन
गोरखामा बनेको अर्धपक्की स्वास्थ्य चौकीको नयाँ भवन

राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले ‘गोरखा भूकम्प’बाट क्षति पुगेका गोरखाका विभिन्न गाउँका स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिदिएका छन्। यी भवनहरू अर्धपक्की हुन्। भारतीय सरकारको अनुदान सहयोगमा पक्की भवनहरूको निर्माण प्रक्रिया छिट्टै सुरू हुँदैछ। त्यसका लागि बजेट समेत आइसकेको छ।

नेदरल्याण्ड ल्याप्रोसी रिलिफ (एनएलआर)ले छ कोठे मिरकोट स्वास्थ्य चौकी भवन, शुभ अवसार ग्राम नेपालले ताक्लुङ र ताङ्लीचोक स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेका हुन्। असल छिमेकी नेपाल पोखराले अनुमति लिएको तीन महिनाभित्र श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक, घैरूङ र आँपपीपल छ÷छ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भबन निर्माणका साथै प्रसूती गृह र स्वास्थ्य चौकीमा आवश्यक सामग्री र औषधीहरू सहयोग गरेको हो।

यस्तै केयर नेपालले गाँखु, हर्मी र उहियामा स्वास्थ्य चौकी भबन निर्माण गरेको छ। उहिया र हर्मी हस्तान्तरण हुन बाँकी छ। सेभ द चिल्डे«नले ताकुकोट, पन्द्रुङ, पाँचखुवा देउराली, तान्द्राङ, बगुवा, धावा, आरूचनौटे, नारेश्वर स्वास्थ्यचौकी भबन निर्माण गरी हस्तान्तरण पनि गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेण्ट नानीबाबु दानीले बताए। सेभ द चिल्ड्रेनले बनाएका सबै भबनमा बाँस र फलाम प्रयोग भएको छ।

इन्टरनेसनल मेडिकल क्रप्स (आइएमसी) ले नौ कोठाका दरले खरिबोट, मुच्चोक, घ्याच्चोक, स्वाँरा, सौरपानी, ताप्ले, आरूआर्वाङ स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरिदिएको छ। लोक कल्याणकारी संघ नेपालले बोर्लाङ, धुवाँकोट शेरा, रातमाटे, सौरपानी, गाँखु, केरौजा हुल्चोक गाउँमा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिदिएको हो।

युनिसेफले १२ वटा स्वास्थ्यचौकी भबन निर्माणको जिम्मा लिएपनि अहिलेसम्म दर्बुङ, फुजेल र देउराली स्वास्थ्य चौकी भबन मात्रै निर्माण सकेको छ। आउँदो अगस्टमा बक्राङ, छोप्राक, बारपाक र गुम्दा स्वास्थ्यचौकी पुनर्निर्माण सक्ने बताएको युनिसेफले सेप्टेम्बरमा नाम्जुङ, गोरखा नगरपालिकाको तारानगर, आरूपोखरी स्वास्थ्यचौकी निर्माण सक्ने बताएको दानीको भनाइ छ। युनिसेफले गुम्दाको माछाखोलामा स्वास्थ्यचौकी निर्माण गर्ने जिम्मा लिएपनि अहिलेसम्म निर्माण सुरू गरेको छैन। सामान ढुवानीमा ढिलाइ हुँदा भवन निर्माण सुरू नभएको बताइएको छ। युनिसेफले छ कोठाका दरले स्वास्थ्यचौकी भवन बनाएको हो।

गुड नेवर्स इन्टरनेसनल (जिएनआइ गोरखा) ले मान्वु, लापु, थुमी, फिनाम स्वास्थ्यचौकीको भबन पुनर्निर्माण गरिसकेको छ। यस्तै फेज नेपालले काशीगाउँ र केरौंजा स्वास्थ्यचौकीका भवन निर्माण गरेको हो भने वल्ड भिजनले गाइखुर स्वास्थ्यचौकी मर्मत गरिदिएको दानीले बताए। भूकम्पबाट गोरखाका ५५ स्वास्थ्य चौकी पूर्ण, नौ वटामा आंशिक र २२ वटामा सामान्य क्षति पुगेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

अर्धपक्की स्वास्थ्यचौकी भवन पुनर्निर्माणमा गैससहरूले कम्तिमा ५० लाखका दरले लगानी गरेका छन्। अर्धपक्की भवनका साथै गैससहरूले स्वास्थ्य चौकीमा आवश्यक पर्ने औजारहरू र औषधी खरिदमा पनि सघाएका थिए।

अर्धपक्की भवन बन्न २७ महिना, पक्की कहिले?
बारपाकलाई केन्द्र बनाएर ०७२ बैशाख १२ मा ‘गोरखा भूकम्प’ गएको २७ महिना हुँदा ४३ वटा स्वास्थ्य चौकी भवन पुनर्निर्माण भएको छ। यी स्वास्थ्य चौकी भबन तत्काल सेवा दिन भन्दै स्वास्थ्य विभाग र जनस्वास्थ्य कार्यालयले गैससलाई अनुमति दिएको थियो। अनुमति लिएको समयभन्दा ढिला गरी गैससले भवन पुनर्निर्माण गरेका हुन्।

थुमी र स्वाँरा स्वास्थ्यचौकी भवन अझै त्रिपालबाटै संचालनमा छ भने माछीखोला स्वास्थ्य चौकी भवन टहरोबाट संचालनमा छ। घाम चर्किए पनि पानी दर्किए पनि त्रिपाल, टहरोबाट संचालित स्वास्थ्य संस्थाभित्र बसेर बिरामीको उपचार गर्न कठीनाइ हुने स्वास्थ्यकर्मीहरूको गुनासो छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भारतीय सरकारको अनुदान सहयोगमा ३२ वटा, नेपाल सरकार, जापनीज सरकार, केएफडब्लुको सहयोगमा भूकम्प प्रतिरोधी पक्की भवनहरू निर्माण प्रक्रिया अघि बढेको छ। स्वास्थ्यचौकी भवन पुनःनिर्माणका लागि एक करोडभन्दा बढीका दरले बजेट आएको छ।

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 08:57:11
Max TV
Max TV
Vianet

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।