भदौ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा पुनः सर्वेक्षण गरिसक्ने


Kshamadevi Group


भुकम्प प्रभावित जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच कार्यक्रम पुनः सञ्चालन हुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा सर्वेक्षणको स्थलगत तथ्यांक सकंलन कार्य सुरु हुने भएको हो।

आगामी २६ गतेदेखि पहिलो चरणमा ८ जिल्लाहरु ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपलान्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा र गोरखामा हुनेछ। यी जिल्लामा खटिने एक सय ६८ इन्जिनियरका लागि पहिलो चरणको तालिम हुनेछ।

६ जिल्लाहरुमा खटिने एक सय ६४ इन्जिनीयरहरुका लागि यही २६ गते देखि नै दोस्रो चरणको तालिम कार्यक्रम संचालन हुनेछ। दोस्रो चरणमा परेका जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिगंमा छन्। ती जिल्लामा साउन ३० गतेदेखि स्थलगत तथ्यांक संकलन कार्य शुरु हुनेछ। प्राधिकरणले आगामी भदौ ३१ भित्रमा सबै जिल्लामा स्थलगत तथ्यांक संकलन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।

यस कार्यक्रमअन्तर्गत १४ जिल्लामा ८१ हजार ०८२ परिवारहरुको पुनः जाँच र ५२ हजार २७८ परिवारहरुको छुट सर्वेक्षण गरि कुल १ लाख ३३ हजार ३६० परिवारहरुको सर्वेक्षण गरिनेछ।
गुनासो दर्ता गराएकामध्ये यस अगाडि नै ३९ हजार ९७ परिवारहरु पुनर्निर्माण अनुदान लाभग्राही र १३ हजार ५६५ परिवारहरु प्रबलीकरण लाभग्राहीमा गुनासो सुनुवाईमार्फत परिसकेका छन्।

सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ। १४ जिल्लामा २ लाख ७ हजार ५०० ले गुनासो दर्ता गराएका थिए।

स्थलगत तथ्यांक संकलन कार्य ईन्जिनीयर र स्थानीय सामाजिक परिचालकको टोलीले गर्नेछ। तालिम उद्घाटनमा प्राधिकरणले नेतृत्वले स्थानीय जनप्रतिनिधिहरुको व्यापक साथ र सहयोग लिएर कार्य अगाडी बढाउन इञ्जिनियरहरु निर्देशन दिएको छ। ट्याबलेट प्रविधिको प्रयोग गरी संकलन गरिने विवरण इन्टरनेटमार्फत् केन्द्रीय सर्वरमा भण्डारण हुनेछ जसको गहन विश्लेषण गरिने छ।

यसरी सर्वेक्षण भएका परिवारहरुको असोज मसान्तसम्ममा फस्र्योट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने लक्ष्य राखिएको छ।

इन्जिनीयहरुको लागि तालिम सञ्चालन

स्थलगत तथ्यांक संकलन विवरण कार्यमा खटिने ईन्जिनीयरहरुका लागी ३ दिने तालिम कार्यक्रम काठमाण्डौंमा शुरु भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो फछ्र्याेटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच वर्गमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका गुनासोकर्ताहरुका घरदैलोमा पुगी स्थलगत तथ्यांक संकलन विवरण कार्यमा खटिने ईन्जिनीयरहरुका तालिम सञ्चालन गरेको हो।

तीन सय ३२ ईन्जिनीयरहरुका लागी संचालन भएको तालिम ३ दिनेसम्म चल्नेछ। तालिम कार्यक्रमको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतोले आज एक समारोहका बीच गरे।

छुट सर्वेक्षण तथा पुनःजाँच सर्वेक्षणमा खटिने इञ्जिनियरलाई पुनर्निर्माणको कामलाई छिटो र छरितो रुपमा सन्पन्न गर्ने दायित्व इञ्जिनियरहरुको पनि भएकोले जिम्मेवार भएर काम गर्न निर्देशन दिए।

 

प्रकाशित २२ साउन २०७४, आइतबार | 2017-08-06 16:51:13
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।