Exclusive

बाढीले डोल्पाका दर्जन काठेपुलसहित झोलुंगे पुल बगायो



विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ।

ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी नदीमा विगत वर्षभन्दा यस वर्ष पानीको बहाव उच्च भएपछि ठाउँ ठाउँमा क्षति पु¥याएको स्थानीयवासी ओम गुरुङले बताए।

साउन लागेदेखि मात्रै उपल्लो डोल्पामा दर्जनभन्दा धेरै काठेपुलसहित एक झोलुंगे पुल बगाएको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए। बाढीको उच्च बहावले छार्काताङसोङ गाउँपालिका मुकोट कागकोटमा पर्ने भेरी नदीमा रहेको पुरानो झोलुंगे पुलसमेत बगाएको छ। भारी वर्षात्सँगै ठूलोभेरी नदीमा आएको बाढीले फलामे पुलसमेत बगाएको उनको भनाइ छ।

विभिन्न स्थानमा लगाइएको काठेपुल तथा झोलुंगे पुल बगाएपछि उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्धलगायत गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा आवतजावत गर्न समस्या भएको छ। यसबाट यार्सागुम्बा व्यापारका लागि छिमेकी चीनको तिब्बत जाने व्यापारीलाई समेत मर्का परेको छ।

वर्षौदेखि सञ्चारविहीन उपल्लो डोल्पाका लागि नेपाल खाद्य संस्थानले उपलब्ध गराएको नुन तथा चामल वितरण गरिने समय यतिखेर नै परेको छ। उपल्लो डोल्पाका लागि खाद्यान्न तल्लो डोल्पामा पर्ने हवाई मार्ग तथा पैदल मार्गबाट ढुवानी गर्न ढिला हुनाका साथै ढुवानी रकमसमेत महंँगो पर्ने भएकाले हरेक वर्ष काठमाडौँबाट चीनका केरुङ तथा क्याटु नाकाबाट ढुवानी हुने गरेको नेपाल खाद्य संस्थान डोल्पा प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए।

क्याटु तथा केरुङबाट खाद्यान्न लैजानका लागि चीनसँग सडक अनुमति मागिए पनि अनुमति नआएको जोशीले बताए। गत आवमा उपल्लो डोल्पाका लागि चार हजार ५०० क्वीन्टल खाद्यान्न स्वीकृत भएको थियो। रासस

प्रकाशित २२ साउन २०७४, आइतबार | 2017-08-06 15:23:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।