किन हुन्छ पटकपटक अनसन र पटकपटक धोका?


Kshamadevi Group


फाइल तस्विर
फाइल तस्विर

लगातार पाँच वर्षदेखि ज्यान दाउमा राखेर पटकपटक अनसन बसिसके उनी।

उनको अनसन पटकपटक सम्झौतामा टुंगिन्छ तर सम्झौता कहिल्यै पूर्ण रूपमा कार्यान्वयन हुँदैन। तैपनि डा. गोविन्द केसी अथक छन्। एघारौं पटकको अनसन सुरू गर्दा उनी भावुक भए, ‘मेरो अनसन तिम्रा लागि, तिम्रा सन्तानका लागि।’ यस्तै आशयको भावुक बोली निस्कियो केसीको कण्ठबाट।

सत्याग्रहप्रति उनको अटुट विश्वास र समर्पण देख्दा डा. केसी एक अविराम सत्याग्रही प्रतीत हुन्छन्। तैपनि पाँच वर्षदेखि उनलाई झुलाइएको झुलाइयै छ। सम्झौता नहुने होइन, केसीको अनसन पनि दश—दश पटक नतोडिएको होइन, तर अन्तिममा सम्झौताको पूर्ण कार्यान्वयन कहिल्यै भएन।

यसपालि माथेमा आयोगको प्रतिवेदन अनुरूप तयार पारिएको चिकित्सा शिक्षा विधेयक संसदमा अड्किएको छ। त्यस विधेयकलाई पारित गर्नुपर्ने मुख्य माग छ डा. केसीको।

तर, संसदमा ऐनको मूल भावनालाई मारेर बुख्याँचा ऐन बनाउने कसरतमा एकथरी सांसद कम्मर कसेर लागेका छन्। त्यसैले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमाथि २७ वटा संशोधन परिसकेका छन्। संशोधनमा अत्याधिक चासो मेडिकल कलेज खोलेका वा त्यससँग प्रत्यक्ष जोडिएका सांसदहरूको रहेको छ।

उनीहरू डा. गोविन्द केसीले उठाएका मागलाई जसरी पनि तुहाउन चाहन्छन्।

डा. केसी अनसन बसेको आज चौधौं दिन भएको छ। साउन ९ गतेदेखि अनसनरत केसीको स्वास्थ्य निरन्तर कमजोर हुँदै गइरहेको छ।

मुख्य माग चिकित्सा शिक्षा ऐन
यसभन्दा अघि पटकपटक डा. केसीको अनसन मनमोहन मेमोरियल कलेजको सम्बन्धनमा पुगेर पेचिलो बन्थ्यो। एमाले नेताहरू र त्यसका सर्वोच्च नेता केपी ओली नै मनमोहन मेमोरियल कलेजलाई सम्बन्धन दिने विषयमा विवादमा तानिएका थिए।

डा. केसी गुणस्तरहीन बन्दै गएको भन्दै दश वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन रोक्नुपर्ने अडानमा थिए। उता एमाले नेता राजेन्द्र पाण्डे आफ्नो लगानी रहेको मनमोहन मेमोरियल मेडिकल कलेजलाई जुनसुकै हालतमा सम्बन्धन दिलाउने पक्षमा उभिए।

यसले लामो समय विवादलाई एकदमै जटिल बनायो। तर, केसी अनसनको दशौं शृङ्खलामा यो विषयले निकास पायो। मनमोहन मेमोरियल मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना वीर अस्पतालले खरिद गर्ने साथै वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नामाकरण गर्ने। यद्यपि, केसी अनसनका अन्य दुःखद शृङ्खलाको नियति जस्तै यो समझदारी पनि कार्यान्वयन हुन सकेन। बरू यसपाला पनि केसी अनसनको विषय कहीँ न कहीँ एमालेमै आएर जोडिन पुगेको छ।

यसपटक डा. केसीको मुख्य माग नै संसदमा अलपत्र चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगले दिएको प्रतिवेदनअनुसार पारित गरियोस् भन्ने छ। डा. केसी र उनका समर्थकले चिकित्सा शिक्षा ऐन पारित भएपछि यस क्षेत्रका विसंगति निर्मूल हुन्छन् भन्ने विश्वास लिएका छन्। त्यसैले यसपटक केसीले उक्त ऐनलाई नै जीवन मरणको सवाल बनाएका छन्।

हाल यो विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिमा छ। यस विधेयकको विभिन्न दफामा संशोधन हुनुपर्ने अडानमा छन् केसी। तर, मुख्य संशोधनचाहिँ मेडिकलको हकमा कम्तिमा तीन सय तीन सय शैय्याको अस्पताल ३ वर्षसम्म पूर्ण रूपमा सञ्चालन गरेपछि मात्र कुनै कार्यक्रम सञ्चालन गर्न आशयपत्र दिनुपर्ने माग छ। यस्तै, डेन्टल र नर्सिङतर्फ एक सय शैय्याको अस्पताल पूर्ण रूपमा तीन वर्षसम्म सञ्चालन गरेपछि मात्र सम्बन्धित कार्यक्रम सञ्चालन गर्न आशयपत्र दिइनुपर्ने माग छ केसी पक्षको।

केसीले ऐन जारी भएको दश वर्षसम्म चिकित्सा शिक्षा सम्बन्धी नयाँ प्रतिष्ठान नखोल्ने साथै विस्तारित कार्यक्रमको अनुमति नदिने व्यवस्था ऐनमा नै स्पष्ट रूपमा किटान गर्नुपर्ने अडान राखेका छन्।

उनका अन्य मागहरूमा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोलिनुपर्ने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने व्यवस्था गर्नुपर्ने, प्रत्येक प्रदेशमा डेन्टल र नर्सिङ कलेज खोल्नुपर्ने लगायतका छन्।

केसी मागका मुख्य तगाराहरू पनि संसदमै छन्। मेडिकल कलेज खोलेर आफ्नो राजनीति टिकाउने ध्याउन्न बोक्ने सांसदहरू कुनै हालतमा केसीको मागबमोजिम विधेयक आउन नदिन कटिबद्ध छन्। मेडिकल कलेज सञ्चालनसँग प्रत्यक्ष, परोक्ष जोडिएका पैंतिस जना सांसदले हालेको संशोधनले विधेयकको मर्मलाई क्षतविक्षत बनाउने खतरा केसीले महसुस गरेका छन्।

तेह्रौँ दिनको अनसनसम्म आइपुग्दा केसीको स्वास्थ्य कमजोर हुँदै गएको छ। सरकारी टोली र केसीबीचको वार्ता पाँचौ पटक पनि असफल भएको छ। केसीका समर्थकले माइतीघर मण्डलामा रिले अनसन सुरू गरेका छन्। बुधवारदेखि नै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले बहिरंग सेवा बहिष्कार गरिसकेका छन्।

शनिबार गोविन्द केसीको पक्षमा उनका समर्थकले विशाल र्याली निकालेका छन्। अपराह्न माइतिघर मण्डलाबाट निकालिएको र्‍यालीमा चिकित्सक, विद्यार्थी, कलाकर्मी, पूर्व प्रशासक, कर्मचारी लगायतको सहभागीता थियो। र्‍यालीमा डा. केसीको जीवन रक्षाको माग गदैै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागी थिइन्।

केसीको मागप्रति अनुदार एमाले
गत साउन १८ गते सरकारसँग वार्ताको स्पष्ट एजेन्डा नै नभएको भन्दै डा. केसीका प्रतिनिधिले सरकारी टोलीसँगको वार्ता नै बहिष्कार गरे। सरकारले वार्ताका नाममा झुलाउने कोसिस मात्र गरिरहेको भन्दै डा. केसीका प्रतिनिधिहरूले वार्ता बहिष्कार गरेका थिए।

केसीका प्रतिनिधि माथेमा आयोगको भावनाअनुसार नै विधेयक पारित हुनुपर्नेमा टसको मस भएका छैनन्।

सरकारी टोली र डा. केसीबीचमा भएका पटकपटकका वार्ता विना निष्कर्ष टुंगिएका छन्। वार्ता कुनै निष्कर्षमा नपुग्दै शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको उच्चस्तरीय बैठकले डा. केसीलाई अनसन तोड्न आह्वान गरेको छ।

प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झालगायतको उच्चस्तरीय बैठकले माथेमा आयोगको भावनाअनुरूप नै विधेयक पास गर्ने आश्वासन दिँदै अनसन तोड्न आग्रह गरेको थियो।

तर त्यही बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने डा. केसीको अनसन र मागप्रति अनुदार रूपमा प्रस्तुत भए। प्रधानमन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकलाई डा. केसीको माग बमोजिम संशोधन गरेर पारित गर्न गरिएको प्रस्तावलाई ओलीले ठाडै इन्कार गरे।

देउवाको प्रस्ताव अस्वीकार गर्दै ओलीले भनेका थिए, ‘मलाई प्रधानमन्त्री बनाइदिनु पर्‍यो भन्दै अनसन बसें भने तपाईँ कुर्सी छाड्नुहुन्छ?’

ओली कडा रूपमा प्रस्तुत भएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो। डा. केसीलाई अनसन फिर्ता लिन अपिल गर्ने भन्ने अमुर्त सहमति गरेर उच्चस्तरीय बैठक टुंगियो।

गोविन्द केसीका मागप्रति प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुदार बन्दै आएको छ। एमाले दशौं अनसन तोड्ने समयमा डा. केसीसँग गरिएको मनमोहन मेमोरियल कलेजबारेको सम्झौताबाट समेत पछि फर्कन चाहन्छ। मनमोहन मेमोरियलको भौतिक संरचना वीर अस्पतालले खरिद गर्ने साथै वीर अस्पतालको चिकिच्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई मनमोहन विज्ञान प्रतिष्ठान नामाकरण गर्ने सम्झौता एमालेकै कारण पूरा हुन सकेन।

शनिबारको बैठकमा पनि ओलीले लोकतन्त्रमा कसैको सम्पत्ति जोर जबर्जस्ती गर्न नपाइने भन्दै मनमोहनको भौतिक संरचना वीर अस्पतालले खरिद गर्ने विषयमा समेत असन्तुष्टि जनाएका थिए।

एमाले सांसदहरू राजेन्द्र पाण्डे, वंशीधर मिश्र लगायतको लगानी रहेको मनमोहन मेडिकल कलेजको भौतिक संरचना वीरलाई बेच्न तयार छैनन् एमाले नेताहरू। बैठकमा ओलीले विधेयक आफ्नै पालामा दर्ता गरिएको भए पनि हतारमा गरिएको र अब त्यसलाई मान्न बाध्य नभएको तर्क गरेका थिए। ओलीले विधेयक पारित गरेपछि मात्र अनसन तोड्छु भन्ने केसीको अडानले व्यवस्थापिका संसदको सार्वभौमिकतालाई नै चुनौति दिएको बताएका थिए।

फेरि, एकपटक सत्याग्रही डाक्टरको आन्दोलनको तरंग गुञ्जायमान भएको छ। यसपटक पनि पटकपटक जस्तै केसीमाथि झुठको अर्को शृङ्खला थपिने हो वा चिकित्सा क्षेत्रमा सुधारको संकेत देखिने हो, हेर्न बाँकी नै छ।

प्रकाशित २२ साउन २०७४, आइतबार | 2017-08-06 15:37:41
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।