Exclusive

प्लान इन्टरनेशनलले बनाइदियो भूकम्पबाट क्षतिग्रस्त १२ विद्यालयका लागि भवन



विद्यालय भवन
विद्यालय भवन

बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपालले भूकम्पले क्षति पुर्‍याएका १२ वटा विद्यालय भवन निर्माण गरिदिएको छ। प्लान इन्टरनेशनलले काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयसहित ६ जिल्लामा १२ वटा विद्यालय निर्माण गरिदिएको हो।

प्लानले दोलखाको नवीनमावि, भिमेश्वर बहिरा प्रावि र सित्कामावि, सिन्धुपाल्चोकको इन्द्रेश्वरी उच्चमावि, सिपातिनधारा मावि र हिरादेवीनिमावि, मकवानपुरको शान्तिबहिरा तथा सुस्त श्रवण विद्यालय र गीतावोरा निमावि, सिन्धुलीको नवज्योतिनिमावि र गौरीशंकर उच्चमावि र ललितपुरको मगर गाउँ उच्चमाविको भवन बनाइदिएको छ। 

यसबाट ३ हजार ३ सय ४८ विद्यार्थीलाई भूकम्प प्रतिरोधि कक्षा कोठा प्राप्त भएको छ। भूकम्पप्रतिरोधी संरचना, अपाङ्गता भएका विद्यार्थीका लागि सहज हुने गरी कक्षा कोठा, शौचालय र खेल मैदान निर्माणपनि गरिएको छ।

यसैबीच, भूकम्पपछिको पुनर्निर्माणका क्रममा अष्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा व्यापार विभागको आर्थिक सहायतामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्मित काठमाडौंको गोकर्ण माध्यमिक विद्यालय भवनको उद्घाटन उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठद्वारा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेत, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्पेन कोपेन्स, नेपालस्थित अस्ट्रेलियाली राजदूत पिटर बड लगायतको उपस्थिति थियो। सुरक्षित विद्यालयभवन परियोजना अन्तर्गत गोकर्ण माध्यमिक विद्यालयका लागि भूकम्प प्रतिरोधी ६ कोठासहितको भवन निर्माण गरिएको हो। नवनिर्मित भवनकाकक्षाकोठाहरु अपाङ्गतामैत्री बनेका छन्।

सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा प्रदानमा सहयोग गर्ने हेतुले निर्माण गरिएको विद्यालय भवनबाट चालू शैक्षिक सत्रमा ४ सय ६० विद्यार्थी लाभान्वित भएका छन्। परियोजनाकै सहयोगमा नवनिर्मित भवनमा कम्प्युटर ल्याव निर्माण गरिएको छ । त्यस्तै, कक्षा कोठाका लागि फर्निचर, शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।

 

प्रकाशित २२ साउन २०७४, आइतबार | 2017-08-06 12:15:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।