कार्बनअक्साइडको प्रभावले खानामा प्रोटिन घटिरहेछ


Kshamadevi Group


कार्बनडाइअक्साइड धुँवा
कार्बनडाइअक्साइड धुँवा

विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ। यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरीबी तथा अशिक्षाको मार खेप्दै आएका जनसङ्ख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्य हुने विज्ञहरूले चेतावनी दिएका छन्।

अनुसन्धानकर्ताले कार्बन डाइअक्साइडले कसरी र किन कृषि उत्पादनमा रहेको प्रोटिन तथा अन्य पोषण नष्ट गर्छ भन्ने बिषयमा अनुसन्धान जारी रहेको बताएका छन् । तर यो नै विश्वभरी रहेको जनसङ्ख्याको विनासको परिणाम बन्ने रहस्य अनुसन्धानले बताएको छ। 

वातावरणमा कार्बन डाइअक्साइडको बढ्दो मात्राका कारण सन् २०५० सम्ममा विश्वभर करिब १५ करोड थप जनसङ्ख्यामा प्रोटिनको कमी देखिने इन्भाएरोन्मेन्टल रिसर्च लेटर्स नामक जोर्नलमा प्रकाशित हार्वर्ड यूनिभर्सिटीको अध्ययन प्रतिवेदनमा बताइएको हो। 

यो समूहले पहिलो पटक विश्वव्यापी तापमान वृद्धिको कारण खाद्य बालीमा रहेको प्रोटिनको परिणाम निर्धारणमा अध्ययन गर्ने जिम्मेवारी पाएको थियो। 

उक्त समूहले खुला क्षेत्रमा गरिएको परीक्षणलाई आधार मान्दा कार्बनडाइअक्साइड बोटविरुवामा बढी केन्द्रित हुने र यसको असर खाद्यान्न बालीमा पनि परेको दावी गरेको छ। 

संयुक्त राष्ट्रसङ्घको विश्व पोषण सूचना केन्द्रलाई कार्बनडाइअक्साइडको कृषि बालीबाट प्राप्त हुने पोषण तत्वमाथि पर्ने असर अध्ययन तथा मापन गर्न आधार बनाइएको र अध्ययनले खाद्यान्न बालीमा हुने प्रोटिनको कमीले गर्दा शारिरीक विकास र अल्पायुमा मृत्यु हुने जनाएको हो।

यस पहिले गरिएका विभिन्न अधययनले कार्बन डाइअक्साइडका कारण खाद्यान्नबालीमा आइरन, जिङ्क जस्ता मिनरलको मात्रामा पनि कमी आएको बताएका छन्। रासस

प्रकाशित २२ साउन २०७४, आइतबार | 2017-08-06 10:39:32
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।