Exclusive

उपत्यकाको सवारी जामबारे एम्बुलेन्स चालकका पीडाः सम्झदा पनि दिक्क लाग्छ



राजधानीको जामको फाइल तस्बिर
राजधानीको जामको फाइल तस्बिर
कौशल

‘अहो! यो सहरको सवारी जामको कुरा नगरौं, जामकै कारण एक वर्षअगाडि एक जना बिरामीको मृत्यु नै भएको छ। अलि छिटो बिरामीलाई अस्पताल पुर्याउन सकेको भए, आज उनी यो संसारमा हुन्थे होला,’ एम्बुलेन्स चालक सहदेव राउतले व्यक्त गरेको दिग्दारी हो यो। विगत ११ वर्षदेखि वीर अस्पतालको एम्बुलेन्स चलाउँदै आएका उनी यो राजधानी सहरको जामदेखि वाक्क भएका छन्।

११ वर्ष भयो उनले वीर अस्पतालमा एम्बुलेन्स चलाउन थालेको। कहिलेकाही अन्य सवारी पनि चलाउँछन्। तर एम्बुलेन्स चलाउँदा उनको मुटु ढक्क फुल्छ। सवारी जाममा परेर बिरामीलाई केही भइहाल्ने पो हो कि! यस्तै–यस्तै कुरा उनको मनमा पोको पर्न थाल्छ। एक वर्षअगाडि वीरबाट बिरामीलाई बालाजु किड्नी सेन्टरमा डायलासिस गर्न लैजादा मृत्यु भएको घटना अझै उनको आँखा अगाडि झल्झली आउँछ। 

‘अहो! त्यो सोह्रखुट्टेको जाम म अहिले पनि बिर्सन सक्दिनँ। पाँच मिनेट जति जाममै बस्न पर्यो। अलि छिटो पुर्याउन सकेको भए बिरामीको मृत्यु हुने थिएन कि भन्ने लागिरहन्छ,’ उनले गम्भीर भएर भने, ‘यो सहरको जामले अकालमै मान्छे मार्ने भयो।’

अर्को एम्बुलेन्स चालक महेश्वर महर्जन पनि यो जामबाट अछुतो छैनन्। ‘आजकल बिरामीलाई निश्चित समय अनि निश्चित ठाउँमा कम समयमा मात्र पुर्याउन सकिन्छ,’ उनले भने। ललितपुर हरिसिद्धिका उनलाई पनि काठमाडौंमा हुने सवारी जाम देखेर वाक्क लागिसक्यो। उनी पनि वीर अस्पतालमै एम्बुलेन्स चलाइरहेका छन्। १७ वर्षदेखि एम्बुलेन्सलगायत अस्पातलका अन्य सवारी पनि चलाउँछन्। तर विगत दुई तीन वर्षदेखिको सवारी जामले साह्रै बनाएको छ। उनले एम्बुलेन्स चलाएको अवधिमा तीन जना बिरामीको मृत्यु भएको छ। जसमध्ये एक जना चाहिँ जाममा नै फस्दा अक्सिजन सकिएर मृत्यु भएको थियो। जसलाई उनी कहिल्यै भुल्न सक्दैनन्।

‘बिरामीलाई जसरी पनि बचाउने हिसाबले अस्पताल लैजान पर्यो नि, तर के गर्नु सबै आफैले भनेका जस्तो हुँदैन। दुई लाईन जाम भएपनि बिरामी लिएर जाँदा तीनमै भए पनि हिंड्छौं। तर कतिपय ट्याक्सी र माइक्रो बसले हामीलाई उल्टै गाली गर्र्छन्,’ उनले भने, ‘बिहान नौ बजेदेखि बेलुका ७ बजेसम्म नै जाम हुन्छ। विरामीलाई समयमै गन्तव्यमा पुर्याउन हम्मेहम्मे नै पर्छ।’ उनीहरू वार्डबाट चिठ्ठी आएपछि बिरामी बोकेर विभिन्न अस्पताल जाने गर्छन्। उनी विशेषगरी बिएन्डबी, टिचिङ, हुदै साँखुसम्म पुगेका छन्।

उनीहरू मात्र होइन विगत नौ वर्षदेखि परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा एम्बुलेन्स चलाइरहेका चालक चक्र सिंहलाई पनि यो काठमाडौं जाम होइन, मान्छे मार्ने चरण हो जस्तो लाग्छ। उनी भन्छन्, ‘यो सहरको जामले साह्रै सताएको छ। हामीलाई त के भयो र, बिरामी बोकेर हिंड्ने हो। तर कहिलेकाही जाममा बस्नु पर्दा ननिको लाग्छ। अनि रिस पनि उठ्छ। सिकिस्त बिरामी लिएर हिंडेका हुन्छौं। बिरामी छटपटिएको देखेर तनाव लाग्छ नि। तर के गर्नु हामीलाई जे भए पनि अनि बिरामीको मृत्यु नै भए पनि हुने केही होइन।’

चालक महर्जन बिरामी लिएर चितवनको भरतपुुरसम्म पुगिसकेका छन्। तर पछिल्लो समय बढेको सवारी जामले काठमाडौं उपत्यकामै बिरामी ओसारपसार गर्न असहज हुने थालेको बताउँछन्। उनी थप्छन््, ‘बिरामी बोकेर हिंड्दा समयमै पुग्न नसक्ने हो भने मृत्यु नै हुने अवस्था आउदैन थियो कि! आफ्नो वेमा हिंड्नु पर्यो नि। बलियालाई कानुन नहुने निर्धोलाई मात्र कानुन भएर यो सबै भएको हो।

‘सहचालकले एम्बुलेन्सलाई पनि हात दिन्छन्। यो देख्दा चाहि अति नै लाग्छ।’ उनी थप्छन्। उनीहरू विशेषतः एकसाइड खुल्ला रहँदा त्यही साइडबाटै हिंड्ने गर्छन्। अथवा त्यो पनि सम्भव भएन भने अर्को साइड मिलाएर जाने बताउँछन्। बिरामीलाई समयमै पुर्याउनका लागि आफन्तले पनि पहल गर्ने गर्छन्। तर दुई तिन वर्षदेखिको यो जामले दिक्क बनाएकोे बताउँछन्।

‘मान्छेभन्दा सवारी साधनको संख्या बढी भयो। भन्सार र करका लागि सरकार लिप्त हुन थाल्यो। मान्छेभन्दा बुढो एम्बुलेन्स छ, वीर अस्पतालको त्यसमाथि बिरामी बोक्नुपर्ने। दिक्क लागेको छ।’ उनले भने।

चालक महर्जन केही समय सवारी साधन किनेबेच बन्द गर्नुपर्ने बताउँछन्। भन्छन्, ‘पछिल्लो समय सवारीको संख्यामा अत्यधिक वृद्धि भएको छ। ट्रकका ट्रक मोटरसाइकल आउँछन्। मेरो एरिया गोदावरीमा १० वर्ष अगाडि ७ वडा गाडी चल्थ्यो। अहिले त ७ सय गुड्छन्। अनि किन नहोस् सवारी जाम। त्यसैगरी चालक सिंह पनि सवारी जाम कम गर्न बाध्यकारी रूपमा नियम कानुन पालना गराउन पर्यो भन्छन्। यसरी केही दिनका लागि मात्र नियम कानुन बनाउने र अनुगमन पनि गर्न छाडिदिने हो भने अराजकता मौलाउँदै जान्छ भन्छन्। ‘वीर अस्पतालका उसै त पुराना एम्बुलेन्स। अनेकौं समस्या आइरहेने अवस्था। अनि त्यसैमाथि राजधानीका सवारी जाम अहो! कुरै नगरौं,’ चालक राउतले भने, ‘सरकारले कानुन बनाउने र सोही अनुसार चल्ने भए समाधान भईहाल्थ्यो नी। नियम कानुनको पालना हुने हो भने यो सव हुन्न थियो होला। आकाशे पुल छ तलबाटै हिंड्छौं। जथाभावी बाटो काट्छौं। अनि सडकको अवस्था पनि उस्तै उदेक लाग्दो छ।’

यी एम्बुलेन्स चालकहरूलाई मात्र होइन, राजधानी काठमाडौंमा बस्नेका लागि सवारी जाम प्रमुख समस्या बनेको छ। दिन दुगुना रातकाे चौगुना हुँदै गएको सवारी जामले थुप्रै व्यक्तिले महत्वपूर्ण व्यक्ति, समय र अवसर गुमाउनुपरेको छ। १५ मिनेटको दूरीलाई घन्टौं लगाउनुपर्ने अवस्था सिर्जना भएको छ।

पछिल्लो तथ्यांक हेर्दा पछिल्लो समय नागढुंगाभन्दा कोटेश्वरबाट भित्रिने र बाहिरिने सवारी साधनको संख्या दोब्बरजस्तै बढेको छ। कोटेश्वरमा दिनहुँ बिहान बेलुकी कार्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५१ जना ट्राफिक प्रहरी खटाएको छ। जति जे गरेपनि सवारी जाम ज्यूँ का त्यूँ रहेको सवारीचालक र यात्रुहरू बताउँछन्। ६ लेनको सडकखण्ड हुँदा पनि दिनप्रतिदिन बढेको सवारी जाम कम गर्नका लागि सम्बन्धित पक्षबाट चासो र पहल हुनु अत्यन्तै आवश्यक छ।

प्रकाशित २१ साउन २०७४, शनिबार | 2017-08-05 18:32:59
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।