Exclusive

साथीकै छोरा अपहरण गर्ने राजु प्रहरीद्वारा पक्राउ



आफ्नै साथीको छोरा अपहरण गरेर फिरौती माग्ने राजु विकलाई प्रहरीले पक्राउ गरेको छ। साथीकै छोरा अपहरण गरी ५० हजार फिरौती माग्ने राजुलाई प्रहरीलले शनिबार पक्राउ गरेको हो। राजु नै उक्त अपहरणको योजनाकार रहेका थिए।

प्रहरीले औपचारिक पत्रकार सम्मेलन गरेर राजुसँगै विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो। राजु विकले हुलिया परिर्वतन गर्न कपाल खौरिएका थिए भने हातमा हत्कडी र अनुहारमा मास्क लगाएका थिए।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। ललितपुर कुसुन्तीमा डेरामा बस्दै आएका उनले क्षेत्रपाटीका हार्यवेयर ब्यापारी अजय चौधरीका साढे ५ वर्षका छोरा विशालको अपहरण गरेका थिए।

विकसहित अपरहणमा सम्लग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।

बालक अपहरण गरी विकले ५० लाख फिरौती मागेका थिए। अपहरणकारीले बालकलाई भने गत सोमबार काडाँघारीबाट छाडेका थिए। बालक अपहरण परेको दिन विक बालकका बाबुसँगै प्रहरी चौकीमा उजुरी गर्न गएका थिए।

को हुन् राजु?
विजयका एकदमै मिल्ने साथी हुन् राजु। छोरो विशाल स्कुलबाटै हरायो भनेर विजयले भनेपछि राजु तत्काल आएका थिए। छोरो हराएपछि प्रहरीमा उजुरी दर्ता गर्दा पनि राजु विजयसँगै प्रहरी कार्यालय पुगेकाले पनि उनीमाथि शंकाले हेरिएको थिएन, सुरुमा।

शुक्रबारसम्म विजयसँगै रहेका राजु शनिबारदेखि भने आएनन्। राजु नआएपछि विजयले फोन गर्दा पनि आउँछु भने तर आएनन्। प्रहरीले विद्यालयको फुटेजका आधारमा चिनेजानेकै व्यक्तिले बालकको अपहरण गरेको निष्कर्ष निकालेको थियो। त्यही निष्कर्षसँगै प्रहरीले विजयका घरमा आउँजाउँ गर्नेहरुमाथि निगरानी बढाएको थियो। त्यो निगरानीमा राजु छुटेनन्।

अझ, शुक्रबारदेखि विजयकोमा नफर्किएपछि प्रहरीले राजुमाथिको निगरानीलाई थप बढाएको थियो। बालकको उद्धार भइसकेपछि फोन अफ गरेर उनी फरार रहेका थिए।

प्रकाशित २१ साउन २०७४, शनिबार | 2017-08-05 17:29:14
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।