Exclusive

बाढीले नुवाकोट–रसुवा जोड्ने बेत्रावतीको झोलुङ्गे पुल बगायो



अविरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ। बाढीले पुल बगाएर जमिन कटान गरेपछि एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन्। फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पु¥याएपछि पुल बगाएको हो।

नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको सो झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पु¥याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो। झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिए।

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पु¥याएको सहयोग कार्यक्रममार्फत विस २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोग पु¥याएको थियो।

यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो। उक्त पुलको निर्माणपछि रसुुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो।

बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु– ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ।

पहिरोले घर बगाउन थालेपछि तीन घरधुरी विस्थापित

महाकालीस्थित कुखुेरमा गएको पहिरोले तीन घरपरिवारलाई विस्थापित बनाएको छ। शिवपुरी गाउँपालिका– ५ साविक महाकाली गाविस– ८ कुखुेरका देवीबहादुर थापा, उनका छोरा लेखबहादुर थापा र छिमेकी गंगाबहादुर थापाको घर पहिरोका कारण जोखिममा परेका हुन्। उनीहरुले तलबाट बग्दै आएको पहिरोले घर नै बगाउन थालेपछि सुरक्षित स्थानमा स्थान्तरण तथा आवास व्यवस्थापनको माग गरेका छन्।

गएको असार महिनामा घरभन्दा तल हुँदै अव्यवस्थित रुपमा गरिएको सडक विस्तारका कारण पहिरो जाँदा उनीहरुको घर जोखिममा परेका हुन्। पहिरोले तीनवटै घरको आगन बगाएको छ भने घरको जगसमेत चर्केर बग्ने अवस्थामा पु¥याएपछि घर छाडेर उनीहरु शुक्रबारदेखि अन्यत्र बस्न थालेका छन्।

शिवपुरी गाउँपालिकाको केन्द्र रहेको स्थान शेराबगरबाट डाँडाकटेरी–चालिसे– कुखुरे– नेपाने– मानेभञ्याङ हुँदै राउतवेँशीसम्म पुग्ने सडकको प्राविधिक जाँच नगरी जथाभावी सडक विस्तार भएकाले पहिरो बगेर बस्ती जोखिममा पु¥याएको पीडित देवीबहादुर थापाले बताए।

पछिल्लो दिनमा जारी रहेको अबिरल वर्षाले सडक विस्तार गरेको स्थानबाट बगेको पहिरोले देवीबहादुरको गोठ बगाएर घरको जगको धाँजा फाटेपछि सुरक्षित स्थानमा स्थानन्तरणको व्यवस्था मिलाउन उहाँसहित तीनवटै घरपरिवारले शिवपुरी गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छन्। रासस

प्रकाशित २१ साउन २०७४, शनिबार | 2017-08-05 13:09:00
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।