जनसहभागितामै बन्ने भयो काष्ठमण्डप


Kshamadevi Group


जन सहभागितासँगै सवै पक्षको चित्त बुझाएर काष्ठमण्डप मन्दिर पुनर्निर्माणको नेतृत्व लिन काठमाण्डौ महानगरपालिका अग्रसरता देखाएको छ। काष्ठमण्डप पुनर्निर्माणवारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधवार बोलाएको बैठकले यो कुराको टुङ्गो लगाएको हो।

नेतृत्व लिने बिषयमा विवाद हुँदा लामो समयदेखी काष्ठमण्डप पुनर्निर्माणको बिषय अन्यौलमा परेको थियो। 

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जन सहभागिताको सुनिश्चितताका साथै डिजाइनसम्बन्धी बिषयलाई सम्बन्धित बिज्ञहरुको राय सुझाव लिएर सम्बोधन गर्ने गरि काष्ठमण्ड पुनर्निर्माणको नेतृत्व लिनुपर्ने धारणा राखेपछि महानगरपालिका त्यसमा अग्रसरता देखाएको हो।

बैठकमा काठमाण्डौ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले स्थानिय समुदायको चासोलाई सम्वोधन गरि जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व लिन आफुहरु तयार रहेको बताएका हुन्।

महानगरपालिका सवै पक्षको जिम्मेवार निकाय भएकाले आफुहरुले पुनर्निर्माणको नेतृत्व लिदा समयमै सम्पन्न हुने दावी गरेका छन्।

प्राधिकरणका सिइओ पोखरेलले जनताको सहभागिता, स्थानियको चासो र प्राविधिक बिषयको पनि उचित सम्बोधन हुने गरि काष्ठमण्डप पुनर्निर्माणमा लाग्न सवैलाई आग्रह गरे।

विश्व सामु मुलुकको पहिचान बोकेको काष्ठमण्डपको मौलिकता र पहिचानलाई गुम्न नदिने गरि पुरानै शैलीको काष्ठमण्डप पुनर्निर्माण हुनुपर्नेमा जोड दिदै सिइओ पोखरेलले सवै पक्षले यसमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

बैठकमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सवै पक्षको सहकार्यमा काष्ठमण्डप पुनर्निर्माणलाई जतिसक्दो छिटो पुर्णता दिनुपर्ने बताए।

काष्ठमण्डप पुनर्निर्माणका लागि निर्माण सामाग्री बाहेक कतिपय कुरालाई अमानतबाट गर्नेवारे प्राधिकरणले समन्वय गर्नुपर्नेमा दाहालको जोड थियो।

यद्यपी काष्ठमण्ड पुनर्निर्माणका लागि अभियानका अध्यक्ष बिरेन्द्रभक्त श्रेष्ठले २ महिना अघि काष्ठमण्डप पुनर्निर्माणका लागि भएको ४ पक्षीय समझदारी अनुसार स्थानीय जनताको भूमिकालाई कमजोर बनाउन खोजिएको आरोप लगाए।

उनले महागरपालिकाले काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व गर्दा स्थानिय समुदायको भावना र जनसहभागितालाई नसमेट्न हो कि भन्ने चिन्ता बढेको धारणा राखेका थिए।

पछिल्लो परीक्षणबाट सातौ शताव्दीमा काष्ठमण्डप निर्माण भएको पुष्टि भएको थियो। जुन २०७२ साल बैशाख १२ को भूकम्पमा परि क्षतिग्रस्त भएको थियो ।

प्रकाशित २१ साउन २०७४, शनिबार | 2017-08-05 11:55:10
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।