जुरे पहिरोका तीन वर्षः न बास, न सरकारको आस

सरकारले पुनर्वासको घोषणा त एक सातामै गर्‍यो तर पहिरो-पीडितका समस्या अहिले पनि ज्यूँ–का–त्यूँ छन्




जुरे पहिरो प्रभावित गाउँ
जुरे पहिरो प्रभावित गाउँ
फाइल फोटो
NIC ASIA

हर रात सपनीमा ऐंठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि!

कवि विप्लव प्रतीकको गीतले भनेजस्तै हरेक वर्षायाममा देश–विदेशमा हुने नेपालीलाई आफ्नो गाउँघरको सम्झना हुन्छ र त्रास हुन्छ सायद बाढी र पहिरोको। तर वर्षायाम लागेपछि जुरे पहाडका पहिरो पीडितहरूको हृदयमा भने तीन वर्ष पुरानो घाउ बल्झिन्छ।

तीन वर्षअघि सिन्धुपाल्चोकको जुरे अर्थात् राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिरोले १ सय ४५ जनाको मृत्यु भएको थियो, एक सय २२ घर पूर्ण क्षति भएको थियो। पहिरोबाट साविक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका बासिन्दा पीडित भएका थिए। उनीहरूमध्ये धेरैको हालत अहिले पनि तीन वर्षअघिकै जस्तो छ।

जुरेमा गएको भीषण पहिरोको ठीक तीन वर्ष पूरा भएको छ। आजकै दिन अर्थात् २०७१ साउन १७ गते मध्यरातमा पहिरो गएको थियो। त्यसपछि जुरे पहिरो पीडितका लागि भनेर विभिन्न संघसंस्था तथा व्यक्तिबाट दुई करोड २५ लाख रूपैयाँ संकलन भयो, तर त्यो रकम अझै पनि पीडितले प्राप्त गर्न सकेका छैनन्।

उक्त रकम जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा जम्मा भएको थियो। ‘यो रकमबारे बेलाबखतमा कुरा उठ्ने गरेको हो,’ प्रमुख जिल्ला अधिकारी अत्तरबहादुर सिलवालले भने, ‘तर राजनीतिक दलहरूको समन्वयको अभावमा रकम वितरण हुन नसकेको हो, जसकारण रकम वितरण अहिलेसम्म रोकिएको हो।’

के हुँदैछ त जुरेमा?
पहिरोको चपेटामा परेका पीडितहरूले झन्ढै नौ महिना अर्थात् २०७२ बैशाख १२ को भूकम्प खेपे। भूकम्प खेपेका सिन्धुपाल्चोकका कतिपय पहिरो पीडित अझै पनि सोही बस्तीमा बस्न बाध्य छन्। पहिरोका कारण विक्षिप्त बनेका सिन्धुपाल्चोकको जुरे, इटनी, र ड्यामसाइड लगायतका स्थानीयले अझै सरकारी सहयोगको आश भने मारेका छैनन्।

सिडिओ सिलवाल भन्छन्, ‘पहिरो र भूकम्प दुवैबाट पीडित बनेका उनीहरूलाई सरकारको तर्फबाट केही रकम बाहेक भूकम्प पीडितले पाउने राहत र अनुदान नै वितरण गरिएको हो। आफ्नो जग्गा जमिन नभएकाको हकमा पनि सरकारले भर्खरै परिवर्तन गरेको कार्यविधिको आधारमा अनुदान प्राप्त गर्ने भएका छन्।’

गत वैशाख अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कायविधि–२०७२’ खारेज गरेको थियो। सोही बैठकले ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि–२०७३’ स्वीकृत गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो खुल्ला भएको हो।

अनुदान स्वरूपको पहिलो किस्ता ५० हजार लिएका बाहेक अब जग्गा नभएका पीडितले पनि दुई लाख पाउने भएका हुन्। पीडितहरू सुनकोसी गाउँपालिकाअन्तर्गत माँखाको लामोसाँघु बजार आसपासमा आश्रय लिएर बसिरहेका छन्।

लामोसाँघुस्थित म्याग्नेसाइड, कोलेनीदेखि बजारको माथिल्लो भागमा सय परिवार पाल, टहरा हालेर बसिरहेका छन्। कतिपय म्याग्नेसाइडको भवन टालटुल गरेर बसिरहेका रहेका छन्।

आफूखुसी रकम दिँदा कसैले पाउने, कसैले नपाउने हुन सक्छ र यसबाट समान न्याय हुँदैन भन्ने मान्यताका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले एकद्वार प्रणाली लागू गरेको थियो। तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले गृह मन्त्रालयको स्वीकृतिमा जिल्ला प्रशासनको नाममा खाता खोलेका थिए।

खातामा नेपाल र विभिन्न देशका दाताले रकम सहयोग गरेका थिए। जिल्ला प्रशासनको खातामा राखे पनि जुरेकै पीडितले पाउने विश्वास दाताहरूलाई दिलाइएको थियो। त्यही विश्वासमा नगद राहत संकलन भएको थियो। खाता तीन महिनासम्म सञ्चालन भएको थियो। प्रशासनले राहत रकम वितरणका लागि मापदण्ड पनि बनाएको थियो। तर वितरण गर्न भने सकेको छैन।

सिडिओ सिलवालका अनुसार अब पीडितले सो रकम छिट्टै प्राप्त गर्ने भएका छन्। त्यसका लागि वातावरण मिल्दैछ।

१३ घण्टासम्म सुनकोशी नदी थुन्ने गरी खसेको पहिरोका कारण १ सय २९ घर पूर्ण रूपमा क्षति भएका थिए। पहिरोले घरहरूसँगै स्थानीय विद्यालय, रिसोर्ट र जलविद्युत कम्पनीमा पनि असर पुर्‍याएको थियो। सानिमा जलविद्युत अयोजनामा क्षति पुर्‍याएको थियो भने माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको प्रशारण टावरमा क्षति पुर्‍याएको थियो।

पीडितका लागि सरकारका तर्फबाट तत्काल ५/५ हजार रूपैयाँ पाएका थिए। मृतक परिवारका लागि किरिया खर्च स्वरूप ४० हजार रूपैयाँ र घर निर्माणका लागि प्रतिपरिवार एक लाख रूपैयाँका दरले सहयोग उपलब्ध गरेको थियो। पहिरोमा साबिक चार गाविसका एक सय २२ जना प्रभावित भएका थिए। तीमध्ये नौ घर तथा जग्गासमेतमा क्षति पुगेको थियो।

पहिरो गएको सातामै पुनर्वासको घोषणा गरेको सरकारले तीन वर्ष बितिसक्दा पनि पीडितको समस्यालाई खासै ध्यान पुर्याउन सकेको छैन, न त उनीहरूको पुर्नवासका कुरामा ख्याल नै गर्न सकेको छ। जसकारण अझै पनि आफ्नो लागि आएका रकम यो हो भन्ने उनीहरूले देख्नसम्म पाएका नै छन्।

प्रकाशित १७ साउन २०७४, मंगलबार | 2017-08-01 19:44:00
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...