शहीद सम्झनाउने ४६ करोडको पार्क अलमलमै



दोस्रो जनआन्दोलन ऐतिहासिक क्षणहरुको अभिलेख राख्न गोकर्णेश्वर र बूढानिलकण्ठ नगरपालिकको बीचमा अवस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शहीद तथा शान्ति पार्क निर्माणको काम अघि बढ्ने भएको छ। सो पार्कले आन्दोलनमा ज्यान गुमाएका मात्र होइन राष्ट्रसेवक निजामति कर्मचारी तथा घुन्सा दुर्घटनामा दिवंगत भएका वन विज्ञहरुलाई पनि सम्झने छ।

पार्क निर्माण तथा व्यवस्थापन समितीका अध्यक्ष सुदर्शन सिग्देल भन्छन्, ‘पार्क निर्माणका लागि हामीले झन्डै १० वर्ष अगाडि नै स्वीकृत पाएका हौं। तर जुन रुपमा काम अगाडि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन। अब काम अघि बढ्छ।’ २०६४ जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठक र सोही वर्षको जेठ २८ गते बसेको सामाजिक समितिको बैठकको निर्णयबाट उक्त पार्क बन्ने निश्चित भएको हो।

पार्कको टेन्डर प्रक्रियाबाट गुरुयोजनाले निर्दिष्ट ९ वटा प्याकेज मध्ये ५ वटा प्याकेज राष्ट्रिय शहीद तथा निजामती पार्क निर्माण आयोजनबाट निर्माण व्यवसायीहरुको छनौट एवं जनसहभागिता मार्फत निर्माण कार्य भईरहेको छ। तर निर्माण कार्य भने जुन गतिमा अगाडि बढ्नु पर्ने हो सो अनुसार बढ्न सकेको छैन।

वन सम्बन्धि समस्या, निर्माण व्यवसायी सम्बन्धि समस्या, २०७२ को भूकम्प लगायतका समस्याले काम अगाडि बढ्न नसकेको हो।

करिव ६ सय ५० रोपनी जग्गामा फैलिने प्रस्तावित पार्कमाको स्मृति क्षेत्र (७२ रोपनी) क्षेत्रभित्र मूख्य स्मृति स्मारक रहने छ। यो क्षेत्र उत्तर पश्चिमबाट दक्षिणपूर्वमा डाँडाको डिलबाट लम्बिएको छ। यसमा स्मारकको अलवा शान्ति पिरामिड, संग्रहालय, निजामति कर्मचारी स्मारक क्षेत्र तथा शान्तिस्तुप रहनेछन्। पैदल मार्ग, सार्वजनिक शौचालय, खानेपानी, बगैंचा आदि विभिन्न स्थानमा रहने छन्। पार्कको मनोरञ्जन क्षेत्र (१७२ रोपनी) डाँडाको उत्तर तिरको भिरालो जमिनमा घुन्सा स्मारक क्षेत्र विभिन्न प्रजातिका फूल तथा वोटविरुवाको बगैंचा, पिकनिक स्थलहरुका साथै मृगस्थली पनि रहनेछन्।

यसैगरी, पार्कको संस्थागत क्षेत्र (५२) रोपनीमा रेष्टुराँ तथा बहुउद्देश्यीय हल, सामुदायिक पसल तथा पार्क व्यवस्थापन कार्यालय आदि रहने छन्। सामुदायिक भवन, सीप विकास तालिम केन्द्र अध्ययन केन्द्र रहनेछन्। पार्कमा धार्मिक क्षेत्र (१५ रोपनी) को दक्षिणपूर्वी क्षेत्रमा जनसहयोगबाट निर्मित भगवती मन्दिर वरिपरि क्षेत्रको थप विकासको लागि सामुदायिक कार्यहरु संचालन गरिने भएको छ। बाँकि रहेको ३३९ रोपनी जग्गामा संरक्षित क्षेत्र तथा सहायक सेवा सुविधा नर्सरी, फोहोर मैला व्यवस्थापनका लागि छुट्टयाइएको छ।

उद्यान गुरुयोजना
पार्कको प्रवेशद्वार सम्म पुग्न जोरपाटी–गोकर्ण सडकको वागमति नदी नजिकबाट ९ मी. चौडाइको करीब १ कि.मी. लामो छुट्टै सडकको प्रस्ताव गरिएकोमा हाल उक्त सडकको पिच गर्ने कार्य सम्पन्न भैसकेको छ। त्यसै गरी टिकटघर तथा सुरक्षाकक्ष समाविष्ट मुख्य प्रवेशद्वारको निर्माण कार्य सम्पन्न भैसकेको छ। प्रवेशद्वार छेउको अर्को ढोकावाट पार्किङ्ग क्षेत्रमा पुग्न सकिन्छ। जहाँ ६ माइक्रोवस, १० कार तथा २४ मोटरसाइकल अटाउन सकिन्छ। यस पार्किङ्ग क्षेत्रमा पाँच सय ३४ सवारी साधन मात्र अटाउन सकिन्छ। सार्वजनिक विदामा संख्या बढी हुने भएकोले मुख्य प्रवेशद्वार पुग्नु अगावै दक्षिण पश्चिममा रहेको जमिनमा बाँकी पार्किङ्गको प्रस्ताव गरिएको छ।

संग्रहालय
पार्कबाट करीब १०० मीटर पूर्व ओरालो लागेपछि २५ मीटरको व्यास रहेको डबल डोम आकारको दुइतले संग्रहालय रहनेछ। उक्त संग्रहालयको भुइतल्ला अर्धभूमिगत हुनेछ। त्यहाँ आन्दोलनका तस्वीर, मूर्ति, चित्र आदि रहने हल तथा श्रव्यदृश्यको लागि मिनि थ्रियटर रहनेछन्। संग्रहालयको माथिल्लो तल्ला विशेष गरि पेन्टिङ्ग तथा फोटोहरुको लागि छुट्टयाएको छ। उक्त डोमको मध्य भागमा एउटा विशाल घण्ट रहनेछ।

घुन्सा स्मारक क्षेत्र
मुख्य स्मारक क्षेत्रबाट उत्तर तर्फको सिढीबाट ओरालो लागेपछि अर्धवृत्ताकार आकारको चार तह भएको घुन्सा स्मारक क्षेत्र हुनेछ। जसको मध्य भागमा घुन्सा दुर्घटनामा दिवंगत हुनु भएका विशिष्ट व्यक्तिहरुको सम्झनामा स्मारक निर्माण हुनेछ भने विभिन्न तहमा फुलबारी तथा आगन्तुक बस्ने स्थलहरु हुनेछन्।

निजामति स्मारक क्षेत्र
संग्रहालयवाट करीब १५० मीटर ओरालो झरेपछि निजामति स्मारक क्षेत्रमा पुग्न सकिन्छ। जहाँ बस्नको लागि प्याराफिट तथा स्मारकको लागि मध्य भाग छुट्टयाइएको छ। यी बाहेक यहाँ रेष्टुरेण्ट तथा बहुउद्देश्यीय हल, सामुदायिक पसल तथा पार्क व्यवस्थापन कार्यालय भवन, सामुदायिक प्रहरी बिट, सूचना केन्द्र, कोसेली घर तथा आगन्तुक प्रतिक्षालय, सार्वजनिक धारा तथा शौचालय, पिकनिक स्थल, शान्ति स्तुप, भ्यू टावर, पैदल मार्ग तथा विश्रामस्थल हुनेछन्।

हाल उक्त क्षेत्रमा सल्लो प्रजातिका एकनासे रुखहरु रहेकोमा वनस्पति विकास (वन व्यवस्थापन) को लागि छुट्टै गुरुयोजना तयार गरिएकोछ, जसमा विद्यमान सल्लाको सट्टा अन्या चौडापाते प्रजातिका बोटबिरुवाले क्रमिक रुपमा प्रतिस्थापन गर्दै जाने दीर्घकालिन योजना रहेको छ। साथै पार्कको विभिन्न स्थानमा सदाबहार तथा मौसमी बगैंचाहरु पनि प्रस्ताव गरिएको छ।

पार्कको निर्माण कार्यलाई राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) पार्क निर्माण तथा व्यवस्थापन समितीले अर्को व्यबस्था नभएसम्म पार्कको नियमित सञ्चालन गर्ने छ। पार्क निर्माण तथा व्यवस्थापन समिती को लागि ७ वटा विभागहरु रहनेछन् भने समिति अन्तर्गत सातवटा सल्लाहकार समिति रहनेछन्। सल्लाहकार समितिले नीति निर्माणको कार्य गर्दछ। विभागले कार्यान्वयनको कार्य गर्दछ। परियोजना लागत ४६ करोड ७१ लाख रहेको छ।

 

प्रकाशित १५ साउन २०७४, आइतबार | 2017-07-30 14:52:43

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...