औतारी लामा टासी दोर्जे रिम्पोछेको शव हेलिकोप्टरमार्फत् सामागाउँ पुर्‍याइयो



स्वयम्भू हलचोकस्थित टेरगार गुम्बाका औतारी लामा टासी दोर्जे रिम्पोछेको शवलाई आज हेलिकोप्टरमार्फत् जन्मभूमी उत्तरी गोरखाको सामागाउँ पु¥याइएको छ। सय बर्षको उमेरमा केही दिनअघि निधन भएका रिम्पोछेको शवलाई बौद्ध धर्म, परम्परा अनुसार अन्तिम संस्कारका लागि सामागाउँ लगिएको हो।

रिम्पोछेको शवलाई सामागाउँको कार्ची छुयोलिङ गुम्बामा राखिएको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिए। बौद्ध धर्म परम्पराअनुसार मंगलबार रिम्पोछेको अन्त्येष्टी गरिने भन्दै लामाले भने, ‘रिम्पोछेको अन्तिम संस्कारमा सहभागी हुन सामागाउँ, ल्हो, प्रोक, बिहीदेखिका गाउँलेहरु सामागाउँमा भेला भएका छन्।’ यस्तै तेरगार गुम्बा, रिपुम गुम्बा, सेतो गुम्बा, सेराङ गुम्बाबाट रिम्पोछे, खेम्पो, प्रमुख लामा गुरुहरु सामागाउँ पुगिसकेका छन्। 

रिम्पोछेको एक छोरी र दुई नाति छन्। छोरी सोनाम छेटेन लामा हुन् भने नातिद्वय औतारी लामा गुरु योङ्गे मिङ्ग्यूर रिम्पोछे र औतारी लामा गुरु छ्योङे रिम्पोछे हुन्। दुवै रिम्पोछेहरु तेरगार गुम्बाका प्रमुख लामाहरु रहेको कर्मा छेवाङले बताए।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 19:26:55
author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...