सिक्किमका यस्ता पूर्व मुख्यमन्त्रीको निधन जसले आफूलाई भारतीय नभन भन्थे



सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भयो। व्यवहारिक नेताका रुपमा ख्याति कमाएका भण्डारीको ७७ वर्षको उमेरमा दिल्लीस्थित प्राइमस अस्पतालमा निधन भएको हो। उनी सन् १९७९ देखि १९९४ सम्म तीन पटक सिक्किमको मुख्यमन्त्री निर्वाचित भएका थिए।

पश्चिमी सिक्किमको मलबाँसे गाउँस्थित सोरेङमा सन् १९४० को अक्टोबर ५ मा जन्मेका भण्डारी बलराम र चन्द्रमाया भण्डारीको कान्छो सन्तान हुन्। नाम्चीबाट माध्यामिक शिक्षा हासिल गरेका भण्डारीले दार्जिलिङको सेन्ट जोसेफबाट स्नातक सकेपछि उनी सिक्किम सरकारको सेवामा शिक्षकको रुपमा काम गर्न थालेका थिए।

१९७३ मा सिक्किमका आन्दोलन चल्न थालेपछि उनले पदबाट राजीनामा दिए र राजनीतिमा होमिए। उनले दुर्गाप्रसाद राजालिमसँग मिलेर संयुक्त स्वतन्त्र मोर्चा खोलेर त्यसको महासचिव बने र १९७४ को आम चुनावमा भाग लिए। त्यो निर्वाचनमा उनको पार्टी पराजित भयो।
१९७५ मा सिक्किम भारतमा गाभिएपछि नरबहादुर भण्डारीले त्यसको चर्को विरोध गरे। जसका कारण उनलाई काजी लेण्डुप दोर्जेको सरकारले एक वर्ष कैद गर्‍यो।

१९७७ मा जेलमुक्त भएपछि भण्डारीले सिक्किम जनता परिषद गठन गरे। सो पार्टीले १९७९ को विधानसभामा ३२ मध्ये १६ सिटमा जीत हात पार्‍यो। अर्का एक स्वतन्त्र विधायकको समर्थनमा उनले सरकार गठन गरे। तर सरकारमा गएपछि उनको सरकारलाई भ्रष्टाचारको आरोप लाग्यो। सोही आरोपमा १९८४ मा उनको सरकार खारेज गरियो। त्यसपछि भण्डारीले छुट्टै सिक्किम संग्राम परिषद खोले। त्यही वर्ष उनी लोकसभामा पनि निर्वाचित भए।

१९८५ को विधानसभा चुनावमा ३२ मध्ये ३० सिट जित्दै उनको पार्टीले सरकार बनायो। उनी दोस्रो पटक मुख्यमन्त्री बने। मुख्यमन्त्री बनेपछि उनले लोकसभा सदस्यबाट राजीनामा दिए, जुन स्थानमा उनकी पत्नी दिलकुमारी भण्डारी निर्वाचित भइन्। सन् १९८९ को अर्को विधानसभा चुनावमा पनि उनको पार्टी विजयी भयो र उनी तेस्रो पटक मुख्यमन्त्री बने।

सत्तामा रहँदा भ्रष्टाचार तथा तानाशाही कार्यशैलीको आरोप लाग्ने गरेका भण्डारी विपक्षीहरुले आफूलाई संसारका क्रुर शासकहरुसँग दाँज्ने गरेपनि आफ्नो कार्यशैली केही कडा भएको स्वीकार गर्दथे। २०४८ सालमा हरिहर विरहीसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले साथीहरुलाई , मन्त्रीहरुलाई भनेको छु– ठूलो ठाउँमा पुगिहाल्यौ, एउटा घर बनाएसम्म बनाए हुन्छ। मन्त्री भएपछि मगन्ते जस्तो भएर कुकुरजस्तो भएर हिँड्नु त भएन नि। एउटा घर बनाउनु, इज्जतका साथ बस्नु। तर जनताको कामचाहिँ राम्ररी गर्नू। जनताको कामै कति छ र? मेरो सर्कुलर छ– कुनै मन्त्री वा अफिसरले ३ दिनभन्दा बढी फाइल राख्न पाउँदैन।’

सन् १९८५ मा दोस्रो पटक मुख्यमन्त्रीको रुपमा सपथ लिँदै भण्डारी

सन् १९८५ मा दोस्रो पटक मुख्यमन्त्रीको रुपमा सपथ लिँदै भण्डारी

१९९४ मा विधानसभामा उनको सरकार अविश्वासको प्रस्तावमा असफल भयो। त्यसपछि उनले राजीनामा दिए। उनको डेढ दशक लामो सत्ता यात्रा त्यससँगै समाप्त भयो। हालका मुख्यमन्त्री पवन चाम्लिङको उदयपछि राजनीतिमा भण्डारीको दिन कहिल्ये फर्केन।

राजनीतिमा विवादभन्दा टाढा नरहेपनि भण्डारीलाई भाषा र साहित्यमा पुर्‍याएको योगदानका लागि सम्झिने गरिन्छ।

सिक्किममा नेपाली भाषामा सम्पादित पहिलो जर्नल मानिने ‘हाम्रो पुकार’ (१९६३) को सम्पादन उनले गरेका थिए। त्यसैगरी ‘आजको सिक्किम’ (पाक्षिक) र ‘अर्चना’ नामक नेपाली जर्नल पनि उनले सम्पादन गरेका थिए। उनको ‘टुहुरोका विचारहरु’ (१९८८) र ‘नरबहादुर भण्डारीका केही रचनाहरु’ नामक कृति प्रकाशित छन्। भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई अनुसूचित गर्न पनि उनको भूमिका उल्लेखनीय मानिन्छ।

आफूलाई कसैले पनि भारतीय नभनेर ‘भारतवासी तर नेपाली’ भन्दिओस भन्ने रुचाउने भण्डारीले नेपाली भाषालाई पुर्‍याएको सेवाका लागि वि. सं. २०४८ सालमा दिइएको जगदम्बश्री पुरस्कार उनले ‘नेपालबाहिर बसेर पनि’ नेपाली भाषाको सेवा गरेकोमा’ भन्ने शब्दावलीको गलत अर्थ लाग्ने बताउँदै लिन अस्वीकार गरेका थिए।

भण्डारीको परिवारमा पत्नी दिलकुमारी, दुई छोरी र एक छोरा छन्। 

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 18:53:09

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...