पुनर्निर्माणमा एनआरएन स्विट्जरल्यान्डको ९३ लाख


Kshamadevi Group


भूकम्प पीडितका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विट्जरल्यान्डबाट करीब ९३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउन सरकारसँग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्यान्डबाट सहयोग पुग्ने भएको हो। 

स्वीस–नेपाली भूकम्प पुनर्निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङ्कस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङ्कस् गरी करिब ९३ लाख रुपैयाँ एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता रन्जु वाग्ले थापाले बताए।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको विशेष उपस्थितिमा जुरिखमा आइतबार आयोजित एक कार्यक्रममा रकम प्रदान गर्ने जनाइएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग संघले सम्झौता गरेपछिको प्रगति विवरण जानकारी गराएका थिए।
घलेले भने, ‘एनआरएनएले मोडेल भिलेज बनाउंने प्रक्रिया पनि मोडेल प्रोसेसबाट होस् भन्ने चाहाना अनुरुप नै तयारी गरिरहेको छ।’ मोडल भिलेजमा घर मात्र बनाएर सार्थक नहुने बताउँदै उनले गाउँका लागि सडक, खानेपानी, पाठशाला, कम्युनिटी हलजस्ता पूर्वाधार आवश्यक हुनु पर्नेमा पनि जोड दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक दिल गुरूङ, आइसिसी सदस्य डा. विनय श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्यान्डका अध्यक्ष हिराबल गुरुङ, स्वीस–नेपाली समाजका अध्यक्ष डा. मार्कुस रुकस्थुल, स्वीस–नेपाली भूकम्प पुनस्निर्माण अभियानका संयोजक पितम गुरूङलगायत स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

यसअघि संघले प्रत्येक घर बनाउँदा कीरब ३ लाख ५० हजार रुपैयाँको खर्च अनुमान गरे पनि संकलन भएको रकम अपुग हुने देखिएको बेला स्विट्जरल्यान्डबाट सहयोग पुग्ने भएको हो।

प्रकाशित ११ साउन २०७३, मंगलबार | 2016-07-26 16:05:56
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...