सिमरामा बन्दै छ अमेरिका पठाउने तयारी पोसाक उद्योग



अमेरिकाले ६६ वटा वस्तुलाई भन्सार सुविधा दिने निर्णय गरेसँगै सरकारले सिमरामा बनाउन लागेको गार्मेन्ट प्रोसेसिङ जोन दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ।

अर्थ मन्त्रालयले १९ करोड रुपैयाँ निकासा गरेसँगै गार्मेन्ट प्रोसेसिङ जोन बनाउन सुरु भएको हो। अहिले यसैका लागि धमाधम जग्गा मिलाउने र अन्य काम सुरु भइसकेको विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले नेपाल खबरलाई जानकारी दिए।

‘दुई वर्षभित्र सक्ने गरी काम सुरु भएको छ,’ भट्टले भने, ‘अहिले जग्गालाई सम्याउने काम भइरहेको छ।’ उनका अनुसार सिमराको ब्लक नम्बर ‘ए’ मा ३ सय ४३ विगाहा मध्ये १ सय ६५ विगाहाको मास्टर प्लान समेत बनाइसकेको छ। ३ सय ४३ विगाहामै अमेरिकाले सुविधा दिएका उत्पादन मात्रै गरिने छ।

सिमरामा ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ र ‘ई’ गरी ५ वटा ब्लकमा सेज बन्ने छ। त्यसमध्ये ‘ए’ ब्लकको १ सय ६५ विगाहामा मास्टर प्लान बनाएर काम अघि बढाइएको छ। यसमा अमेरिकाले सुविधा दिएका वस्तु मात्रै उत्पादन गर्ने गरी काम सुरु हुनेछ।

‘साढे २ अर्ब रुपैयाँको लागतमा ३ सय ४३ विघा जग्गामा स्थापना हुन्छ,’ भट्टले भने, ‘त्यसमध्ये १ सय ६५ विगाहाको मास्टर प्लान बनाएर काम अघि बढाएको छ।’

यो पनि पढ्नुहाेस्

अमेरिकामा नेपाली उत्पादन बेच्ने मौका

उनका अनुसार अहिले जग्गा विकासको काम सुरु भइरहेको छ। तयारी पोशाक केन्द्र स्थापनाका लागि यो वर्ष विनियोजन भएको रकम १९ करोड निकासा भएपछि जग्गा विकासको काम सुरु भइसकेको उनको भनाइ छ। अमेरिकाले सन् २००० देखि क्रमिक रूपमा दिँदै आएको कोटा प्रणालीको खारेजी र देशभित्रको माओवादी द्वन्द्वले तयारी पोसाकको अमेरिकी बजार गुम्दै गएको हो।

सन् २००१ मा नेपालबाट करिब १२ अर्ब रुपैयाँ बराबरको तयारी पोसाक अमेरिका निर्यात भएको थियो। तर पछि निर्यातमा मन्दी छाएपछि करिब एक लाखले रोजगारी गुमाए। जसमध्ये ८० प्रतिशत महिला थिए। यसरी बजार गुम्दै गएपछि नेपालले निरन्तर भन्साररहित सुविधाको माग गरिरहेको थियो। सुरुमा एसियाली १४ वटा अतिकम विकसित मुलुकलाई भन्साररहित सुविधाको माग गरिएको थियो। त्यसपछि फेनिस्टिन र अर्का सिनेटर किट वन्डले नेपालका लागि पहल गरेका थिए।

अमेरिकाले उपलब्ध गराएको यो सुविधाले अब नेपाली उत्पादन चीन, भारत, बंगलादेश जस्ता मुलुकभन्दा पनि १७ प्रतिशत सस्तो हुने भएकाले नेपाली सामानको माग बढ्ने अपेक्षा गरिएको हो। तयारी पोसाकमा अमेरिकाले औसतमा १७ प्रतिशत भन्सारलगायत महसुल लगाउँदै आएको थियो। अब भन्सार विन्दुमा कुनै पनि प्रकारको शुल्क तिर्नुपर्ने छैन।

तयारी पोसाक पस्मिनाबाहेकका उत्पादनमा अमेरिकाले यसअघि पनि भन्साररहित सुविधा दिंदै आएको थियो। अमेरिकाको लगानी र व्यापार विस्तारका लागि सन् २०११ मा दुई देशबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) भएको थियो।

अमेरिकाको यो सुविधा पछि विशेष आर्थिक क्षेत्र समितिले तयार पारेको विस्तृत सम्भाब्यता अध्ययनमा सिमराकाे सो क्षेत्रमा  ७० वटा उद्योग स्थापना गर्न सकिने सम्भावना अौंल्याइएको छ। समितिका अनुसार आवश्यक रकम पाए दुई वर्षभित्रै तयारी पोसाकको केन्द्र स्थापना गरिनेछ।

तयारी पोसाक केन्द्र स्थापना गरेपछि स्वदेशी र विदेशी लगानीकर्ताले अरु उद्योग स्थापना गर्ने याेजना छ। सेजमा  २४ सै घण्टा बिजुली, पानी, हाइ स्पिड इन्टरनेट लगायतका पूर्वाधारहरुको व्यवस्था हुनेछ।

 

 



प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 12:15:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...