भक्सवागन चाइनाले ५० हजार गाडी फिर्ता लिने



विश्वविख्यात गाडी निर्माता कम्पनी भक्सवागनले चीनमा निर्मित ५० हजार थान गाडी फिर्ता लिने भएको छ। आफ्ना गाडीमा बे्रकमा समस्या देखिएपछि फिर्ता लिन तयार भएको हो। आगामी फेबु्रअरी ६ देखि गाडी फिर्ता लिन भक्सवागन कम्पनी तयार भएको चीनको गुणस्तर नियमन विभागले जनाएको छ।

विभागका अनुसार, सन् २०१२, जुलाईदेखि २०१५ अगष्ट ६ सम्म निर्मित बिटल्स र सन् २०१२ जुलाई १ देखि २०१३ जुलाई ६ सम्म निर्मित गल्फ भेरियन्ट गाडीमा बढी समस्या देखिएको थियो।

चीनको गुणस्तर अनुगमन तथा क्वारेन्टाइन विभागले ती गाडीमा बे्रक फिल्टरमा कडा आवाज आउने, गाडी चलाउँदा बे्रकले राम्रो काम नगर्नेजस्ता समस्या देखिएको जनाएको छ। भक्सवागन चाइना कम्पनीले यसअघि समस्या देखिएका गाडीमा बे्रक बुष्टर, क्रुज कन्ट्रोल सिस्टम निःशुल्क जडान गरिदिने वाचा गरेको थियो।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 11:07:08

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...