रसुवा महोत्सव पुस २८ देखि



संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागि रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा तेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ। लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ।

महोत्सवले कृषि र फलफूल उत्पादनमा व्यावसायिक चेतना, सबैखाले कला संस्कृतिको संरक्षण, बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामाजिक दायित्वसम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने बताइएको छ। साथै, दूध, दही, मह उत्पादनको जागरण, पर्यटकलाई अर्गानिक उत्पादनको भोजन र गुणस्तरीय बासको व्यवस्थापनमा जागरण, ग्रामीण पर्यटन प्रवद्र्धन गरिने महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालले बताइन्।

नेपालको तेस्रो गन्तव्य मानिएको रसुवामा लाङटाङ पदमार्ग हिन्दू एवम् बौद धर्मावलम्बीको आस्थाको धरोहर पवित्र तीर्थ गोसाइँकुण्डलगायत १०८ कुण्ड, पित्तृ तर्पण गर्ने, पवित्र धाम उत्तरगया बेत्रावती, नेपाल तिब्बतबीच सन्धि भएको बेत्रावती, नुवाकोटको नौकोटमध्ये उत्तराखण्डको धैबुङकोट इलाकामा अवस्थित कालिका मन्दिर, कल्लेरी भूमे ठूलोगाउँ गाविस, व्यापारिक कारोबार गर्ने नेपालको हाल एकमात्र उत्तरी नाका रसुवागढी जस्ता ऐतिहासिक,धार्मिक र पुरातात्विक सम्पदा रहेका छन्।

महोत्सवस्थलमा जिल्लाका समग्र चिज वस्तु राखिने र मनोरञ्जनका लागि सोरठी, लाखे, तामाङसेलो, लोकदोहोरी गीत एवम् हाँस्यव्यङ्ग्य कला, इच्छुक अवलोकनकर्तालाई होलिकोप्टरद्वारा हिमाली अवलोकन, अर्गानिक कृषिउपज बढाउन किसानबीच समन्वय, धार्मिक सांस्कृतिक महत्व बोकेको तस्बिर प्रदर्शन समेत राखिने बताइएको छ। रासस

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 10:46:11

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...