होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा



चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ। अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको होटल बाराही जङ्गल लज पहिलो पटक सूचीकृत रिसोर्टमा परेको छ।

होटलका प्रबन्ध निर्देशक विप्लव पौडेलका अनुसार होटल निर्माणदेखि सञ्चालन क्रममा समेत प्रकृतिमैत्री बनाइएको छ। मौलिक कलाले सजिएको होटलमा प्लास्टिक प्रयोग गरिँदैन भने बायोग्यास प्लान्टबाट खाना पकाइन्छ। बीस बिघा क्षेत्रफलमा फैलिएको होटल परिसर हरियाली रुखबिरुवाले भरिएको छ। तीमध्ये नौ बिघामा रिसोर्टले जैविक खेती गरेको छ।

बाराहीबाटै गैंँडालगायत वन्यजन्तु आँखै अगाडि देख्न सकिन्छ। रु ३५ करोडको लागतमा निर्माण गरी सन् २०१४ देखि सञ्चालनमा आएको होटल निर्माणका क्रममा पनि तडकभडकभन्दा प्रकृतिमैत्री सामग्री प्रयोग गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए।

होटलमा उच्चस्तरका पर्यटक भित्रिने गरेका छन्। यहाँ आउनेमध्ये नेपाली र भारतीय ३० प्रतिशत तथा अमेरिकी, युरोपेलीलगायत ७० प्रतिशत छन्। रासस

प्रकाशित २३ पुस २०७३, शनिबार | 2017-01-07 11:04:38

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...