अर्गानिक चिया उत्पादनमा झापाका किसान



झापा जिल्लामै पहिलो पटक अर्गानिक चिया उत्पादन गर्न झापाको हल्दिबारी र जलथलका चिया किसान जुटेका छन्। विषादि प्रयोगको कारण आलोचना भोगिरहेका झापाली चिया किसानले अपनाएको यो पद्धतिको प्रशंसा हुन थालेको छ।

हल्दिबारीका सतेन्द्रकुमार कर्ण पुराना चिया किसान हुन्। विसं २०५४ सालदेखि चियाखेती गर्दै आएका सतेन्द्र आफ्नै पाँच बिगाहा र अरुको गरेर १५ बिगाहा क्षेत्रफलमा चियाखेती गरिरहेका छन्। उनी विषादिरहित चियापत्ती उत्पादन गर्छन्। विगतमा उनले चिया बगानमा विभिन्न किसिमका विषादि प्रयोग गर्ने गरेको बताए। तर, विषादिकै कारण परिवारका सदस्य बिरामी भएको थाहा पाएपछि उनले विषादि प्रयोग गर्न छाडेको सुनाए।

जब विषादिको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने उनले थाहा पाए, त्यसै दिनदेखि विषादिरहित चिया उत्पादन गर्ने अठोट लिए। ‘विषादिको प्रयोगले किसानदेखि उपभोक्ता सबैलाई हानी गर्ने रहेछ’, उनले भने, ‘त्यसपछि मैले विषादिको प्रयोग गर्न छाडें।’

अहिले हल्दिबारीका उनीजस्ता अधिकांशः चिया किसान विषादिरहित चिया उत्पादन गर्छन्। चियामा हाल्नुपर्ने औषधिसमेत उनीहरु आफैँले उत्पादन गर्ने गरेका छन्। तितेपाती, बकाइनो, सिमाली, मेवा, लसुन, पिर्रे झार, निम, कालो कच्चु, बोझोलाई गाईको गहुँतमा पकाएर ड्रममा राख्ने र २०–२५ दिनमा चियामा छर्ने औषधि बनाउने गरेको जलथल–५ का चिया किसान पुष्प निरौलाले बताए। उनी भन्छन्, ‘पहिले विषादि छर्किंदा यहाँ बस्नै सकिँदैन थियो, हुस्से लागेजस्तै हुन्थ्यो, अहिले त फाइदै–फाइदा।’

‘हानिकारक विषादि छर्किएपछि निर्धारित समयसम्म चिया टिप्नुहुँदैन, तर हामी त त्योभन्दा अगाडि नै टिपेर फ्याक्ट्रीमा पठाउँदा रहेछौँ’ किसान सतेन्द्र भने, ‘हामीले अहिले आफ्नै गाउँघरमा पाइने वनस्पति पहिचान गरिसक्यौँ, अब कुनै चिन्तै छैन।’ चियामा लगाउने भिटामिन पनि आफैं उत्पादन गरिरहेको उनले जानकारी दिए। उनले विषादिरहित चिया उत्पादन गर्न सुरु गरेको तीन वर्ष भयो।

झापाको चियामा लुपर, हेलोपेटिस, रेड स्पाइडर, ग्रीन फल, थ्रीप्स लगायत रोग लाग्ने गरेको छ। आफैँले उत्पादन गरेको औषधि महिनाको दुईपटक स्प्रे गर्दा यी सबै समस्या न्यूनीकरण भएको किसानहरुको अनुभव छ। आफैँले उत्पादन गरेको औषधि छर्किन थालेपछि डेढ गुणाले उत्पादन बढेको समेत उनीहरु बताउँछन्।

हानिकारक विषादि लगाउन छोडे पनि उनीहरु रासायनिक मल युरिया, डिएपी, पोटास भने लगाइरहेकै छन्। १५ बिगाहामा ६० बोरा रासायनिक मल हाल्ने गरेका सतेन्द्रले अहिले २०-२५ बोरा मात्रै हाल्ने गरेको बताए। उनले प्राङ्गारिक मल उत्पादन गर्न थालेसँगै रासायनिक मलको प्रयोगमा कमी आएको सुनाए।

यी गाउँमा अर्गानिक चिया उत्पादनलाई अभियानकै रुपमा लगिने भएको छ। यसको लागि स्थानीय किसानले सहकारी संस्था नै खोल्ने भएका छन्।

आठ करोड ३४ लाखको लागतमा चिया प्रशोधन तथा मल उत्पादन गर्ने लक्ष्यसहित सहकारी खोलिएको स्थानीय हर्कबहादुर तामाङ बताउँछन्। ‘सरकारले अहिलेसम्म फ्याक्ट्री निर्माणका लागि रु एक करोड ७० लाख दिइसकेको छ,’ उनले भने, ‘अहिले त यहाँको चियापत्ती विषादिमुक्त मात्र हुँदैछ, अब त रासायनिक मल पनि हाल्न छोडेर अर्गानिक उत्पादन गर्ने योजना छ।’ 

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 10:33:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...