अब तीन महिनाको लागि इन्धन र ग्यास भण्डारण



नेपाल आयल निगमले तीन महिनासम्मका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्न पुग्ने गरी नौ स्थानमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ। निगमले झापा, चितवन, भैरहवा, धादिङ, सर्लाही, दाङ, तनहुँ, धनगढी र चौरजहारीमा भण्डारण गृह निर्माण गर्ने जनाएको छ। निगमका प्रबन्ध निर्देशक गोपाल खड्काका अनुसार नौवटै स्थानमा निर्माण हुन लागेको भण्डारण गृहको कुल इन्धन (पेट्रोल, डिजेल र मट्टीतेल) मौज्दात गर्न सक्ने क्षमता चार लाख किलोलिटर (४० करोड लिटर) हुनेछ। प्रत्येक भण्डारण गृहको क्षमता करिब ५० हजार लिटर हुनेछ।

‘नौ स्थानमा भण्डारण गृह निर्माण भएपछि तीन महिनासम्मको लागि इन्धन मौज्दात हुनेछ,’ प्रबन्ध निर्देशक खड्काले भने, ‘हाल हामीसँग १० स्थानमा करिब १७ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर क्षमताका मात्रै भण्डारण क्षमता छ।’ निगमसँग हाल पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ। अहिलेको भण्डारण क्षमताबाट डिजेल १५ दिन र पेट्रोल तीन दिनको माग मात्र पूरा गर्दै आएको छ। अहिले काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दिपायलमा भण्डारण गृह छन्।

उनका अनुसार पहिलो चरणमा झापा, चितवन, भैरहवा र धादिङमा भण्डारण गृह निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । झापा, चितवनी, भैरहवा र धादिङमामा भण्डारण गृह निर्माण गर्न जग्गा खरिद गर्न निगमले टेन्डरसमेत आह्वान गरिसकेको छ।

मंसिर र पुस महिनामा निगमले जग्गा खरिदसम्बन्धी टेन्डर आह्वान गरेको हो। निगमका कार्यबाहक नायव प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार भण्डारण गृह निर्माणका लागि तराई क्षेत्रको हकमा २० बिघा र पहाडी क्षेत्रका लागि तीन सय रोपनी जग्गा निगमले खरिद गर्न लागेको छ।

निगमले राजमार्गदेखि तीन किलोमिटर क्षेत्रभित्रपर्ने पेट्रोलियम ऊर्जाबाट सञ्चालन हुने उद्योग, बाक्लो बस्ती, सार्वजनिक पाटीपौवा नजिकै नभएको तर दोहोरो भारी सवारीसाधन चल्न सक्ने सार्वजनिक सहायक मार्ग नजिकको जग्गा खरिद गर्न टेन्डर आह्वान गरेको छ। जग्गा खरिद प्रक्रिया अघि बढेसँगै निगमले भण्डारण गृहको भौतिक पूर्वाधार निर्माण गर्न डिजाइन तयारपार्ने कन्सलटेन्सीसमेत नियुक्त गरिसकेको छ।

धादिङमा ग्यास भण्डारण
त्यस्तै, खाना पकाउने ग्यास (एलपीजी) को पनि भण्डारण गरिने भएको छ। निगमले पाँच स्थानमा ३५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। यसअनुसार १० मेट्रिक टन क्षमताको धनुषाको महेन्द्रनगरमा, १५ हजार मेट्रिक टन क्षमताको धादिङमा र मेची वा कोशी अञ्चलको कुनै एक जिल्ला, पश्चिम र सुदूर पश्चिमको विकास क्षेत्रको कुनै एक स्थानमा पाँच हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिने बताइएको छ। निगमले तत्काल पहिलो चरणमा धादिङमा ग्यासको भण्डार गृह निर्माण गर्ने भएको छ जुन १५ हजार मेट्रिक टन क्षमताको हुनेछ।

निगमसँग हालसम्म ग्यास भण्डारण गर्ने भण्डारगृह छैन । नेपालका ५५ वटा बोटलिङ प्लान्टसँग गरी ६ हजार मेट्रिक टन क्षमताको ग्यास भण्डारण क्षमता छ। यो भण्डार गृहसँग मुलुकभरको मागलाई पाँच दिनसम्म मात्र पुग्ने क्षमता छ।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 10:28:32

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...