त्यसैले आएन ‘शतप्रतिशत नगद अनुदान’ कार्यविधि

निर्यात प्रोत्साहन गर्न यस्तो सुविधा ल्याएको थिएँ: पूर्व अर्थमन्त्री महत



निर्यात भएको वस्तुको परिणामभन्दा बढी निर्यात गर्ने व्यवसायीलाई उपलब्ध गराउने ‘सतप्रतिशत नगद अनुदान’ कार्यक्रम निस्प्रभावी भएको छ।सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्यात भएको परिणामभन्दा बढी निर्यात भएमा सतप्रतिशत नगद अनुदान उपलब्ध गराउने उल्लेख भएको थियो। तर, त्यसका लागि उद्योग मन्त्रालयले अहिलेसम्म कार्यविधि समेत बनाउन नसक्दा उक्त कार्यक्रम निस्प्रभावी भएको हो।

बढ्दो व्यापार घाटा कम गर्न सरकारले यस्तो कार्यक्रम ल्याए पनि सरकारी ढिलासुस्तीका कारण अहिलेसम्म कार्यविधि समेत बन्न नसकेको हो। उद्योग मन्त्रालयले कार्यविधि बनाएर वाणिज्य मन्त्रालयमा पठाउनुपर्ने भए पनि आजसम्म नपठाएको वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्ययाले नेपालखबरलाई जानकारी दिए।

‘उद्योग मन्त्रालयले सतप्रतिशत नगद अनुदान कार्यविधि बनाएर वाणिज्यमा पठाउनुपर्ने हो,’ उनले भने, ‘तर, अहिलेसम्म मन्त्रालयमा आएको छैन्। कार्यविधि समेत बनेजस्तो लाग्दैन।’

बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले तत्कालीन अर्थ मन्त्री रामशरण महतले सतप्रतिशत नगद अनुदान दिने उल्लेख गरेका थिए। ‘गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट आए पनि आजसम्म कार्यविधि समेत बन्न नसक्नु दुखद् कुरा हो,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘बजेट आएको ७ महिनाभित्र वित्न लाग्दा पनि एउटा कार्यविधि समेत बन्दैन। भने पनि अरु के हुन्छ।’

उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले यसबारेमा मन्त्रालयले गृहकार्य सुरु गरेको बताईन्। ‘बजेटमा आएको छ,’ उनले भनिन्, ‘सोही अनुसार कार्यविधि बनाउने कार्य सुरु भएको छ।’ बढ्दै गएको व्यापार घाटा कम, तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्न सरकारले यस्तो व्यवस्था गरेको हो।

चालु आर्थिक वर्षमा निर्यात भएको वस्तुको परिमाणभन्दा बढी निर्यात गरेमा थप परिमाणका लागि सत प्रतिशत नगद अनुदानको थप व्यवस्था मिलाएको पूर्व अर्थ मन्त्री रामशरण महतले जानकारी दिए। यसले निजी क्षेत्रलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ।

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा व्यापार घाटा झण्डै ४ खर्ब रुपैयाँ पुगेको छ। निर्यात व्यापारमा आएको गिरावट र आयातमा भएको अत्यधिक वृद्धिले व्यापार घाटामा उच्च भएको उनको भनाइ थियो।

पछिल्लो समय सरकारले निर्यात गरी डलरमा आम्दानी गर्ने व्यवसायीलाई ४ प्रतिशतसम्म नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ। तर गार्मेन्ट उद्योगले भने १ प्रतिशत मात्रै पाएको तयारी पोसाक सघले जनाएको छ। ‘३ वर्षअघि तयारी पोसाक उद्योगीले ४ प्रतिशतको दरले नगद प्रोस्साहन रकम पाएका थिए। दुई वर्षयता हामीले एक प्रतिशतमा मात्रै पाएका छौं,’ सघका कोषाध्यक्ष सञ्जय अग्रवालले भने। सरकारले घोषणा गरेको बजेटमा निर्यात बढाउने कुनै कार्यक्रम नभएको दाबी छ।

‘अनुदानलगायतको विषयमा धेरै छलफल गरेका थियौं। अर्थ मन्त्रालयमा सुझाव पनि दिएका थियौं,’ उनले भने, ‘अपेक्षाअनुसार बजेट छैन। पोसाक व्यवसायीको समस्या समेट्न सकेको छैन।’ अहिलेको बजेटले निर्यात व्यापारमा सुधार नहुने उनको भनाइ छ। दशकअघिका उच्च निर्यात हुने उत्पादनले पनि बिस्तारै बजार गुमाउँदै गएकाले घाटा अकासिँदै गएको छ।

भूकम्पयता निर्यातजन्य उद्योगमा क्षतिलगायत धेरै समस्या उब्जेकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नगद प्रोत्साहन रकम बढाउनुपर्ने माग गर्दै आएका थिए। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सरकारले अनुदान दोहोरो अंकको बनाउनुपर्ने उनीहरूको भनाइ छ।

‘तुलनात्मक लाभ भएको वस्तुको प्रमाणीकरण, ब्रान्डिङ र विश्व व्यापार संगठनमा दर्ता गरी निर्यात वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने महतको भनाइ छ। तत्कालीन वााणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले कृषि वस्तुलाई मात्रै प्राथमिकता दिएर व्यापार घाटा कम नहुने तर्क गरे।

‘कृषि वस्तुमा चिया, कफी र अलैंची संवेदनशील वस्तु भए पनि अन्यको प्रदर्शन उत्साहजनक छैन। यसले राम्रो प्रतिफल दिन सक्दैन,’ ओझाले भने, ‘निर्यात बढाउन कृषिभन्दा अन्य क्षेत्रलाई प्राथमिकता दिनुपथ्यो।’ यस्तै, व्यापार बढाउन सेवा र उत्पादन क्षेत्रमा जोडदिनुपर्ने उनको सुझाव छ।

प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 13:48:28

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...