अमेरिकामा नेपाली उत्पादन बेच्ने मौका

तयारी पोसाकका लागि छुट्टै उद्योग खोलिने



‘अमेरिकाले प्रदान गरेको ६६ वटा वस्तुको भन्सार छुट सुविधाको उच्चतम् उपयोग गर्न सके नेपाली उत्पादन अमेरिकी बजारमा पुर्याउने सुनौलो अवसर हुने मात्र होइन दुई देशबीच आर्थिक– कुनटनीतिक सम्बन्ध पनि बलियो बन्छ।’

तयारी पोसाक संघका अध्यक्ष चण्डीप्रसाद अर्याल नेपाली उत्पादनको भन्सार छुटबारे तयार पारिएको कानुनी पत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेपछि खुशी छन्। तर उनले यस्तो अवस्थालाई उच्चतम् सदुपयोग गर्ने रणनीतिक कार्ययोजना बनाए मात्र नेपाललाई फाइदा हुने दाबी गर्छन्। भन्छन्,‘अमेरिकाबाट पाइएको सुविधाबाटै नेपालले फाइदा लिन सक्ने भए पनि आफ्नो प्रतिस्पर्धी क्षमता बढाउनैपर्छ।’

यसअघि पनि अमेरिकी ट्रेड एडमिनिस्ट्रेटिभका प्रतिनिधिले तुलनात्मक लाभ बढी भएका वस्तुलाई ‘ड्युटी फ्री’को सुविधा दिने निर्णय गरेका थिए। २०७२ फागुन दोस्रो साता पारित भएको अमेरिकी कानुनले हस्तकलाका केहीसहित ६६ उत्पादनलाई भन्साररहित अमेरिकी बजार पहुँचको सुविधा दिएको छ। यो सुविधा नेपाललाई आगामी १० वर्षका लागि अर्थात् सन् २०२५ सम्म मात्र प्राप्त हुनेछ।

अमेरिकी कानुनले उक्त सुविधा दिएपछि राष्ट्रपति बाराक ओबामाले त्यसलाई अन्तिम रुप दिएका हुन्।

यस्तो सुविधा नेपालले पहिलो पटक पाएको हो। यसभन्दा अघि अमेरिका प्रवेश गर्ने नेपाली तयारी पोसाकमा १७ दशमलव ५ प्रतिशतका दरले भन्सार महसुल लाग्ने थियो। भन्सार छुट मूल्य बराबरको रकम कम हुन आउने भएकाले अन्य देशको दाँजोमा नेपाली तयारी पोसाकले प्रतिस्पर्धा गर्न सघाउ पुग्ने गलैँचा निर्यातकर्ता संघका अध्यक्ष अनुप मल्लको भनाइ छ।

भन्सारहित सुविधा पाउन वस्तुको मूल्यको ३५ प्रतिशत नेपालकै हुनुपर्नेछ। उदाहरणका लागि सय डलरको कुनै सामानको मूल्य छ भने त्यसमा ३५ डलर नेपालकै कच्चापदार्थ वन श्रम लागेको हुनुपर्छ। नेपालले कोट, ब्लेजर, सर्ट, टिसर्ट, भित्री वस्त्र, ह्याट, ऊनी कपडा, गलैंचा, गलबन्दी, टोपी, हाते झोला, सुटकेसलगायतका सामानमा मात्रै अमेरिकी बजारमा भन्सार छुट सुविधा पाएको छ।

सरकारले यससम्बन्धी उत्पादन र निर्यातको मोडालिटी तयार पारे अमेरिकाले प्रदान गरेको सुविधा सदुपयोग हुने सम्भावना पनि उत्तिकै रहेको दक्षिण एसिया वाच न ट्रेड इकोनोमिक्स एण्ड एनभाइरोमेन्ट (सावती)का कार्यकारी अध्यक्ष पोषराज पाण्डेको प्रतिक्रिया छ। उनी भन्छन् ‘ सामग्री उत्पादनको मोडालिटिले मात्र पुग्दैन, त्योसँग स्तरीयताको कुरा पनि आउँछ। हामीले ध्यान दिनु पर्ने कुरा उत्पादन लागत र स्तरीयता नै हो।’

अमेरिकाले सहुलियत दिएका ६६ वस्तुमध्ये अधिकाश वस्तु सानो परिमाणमा भए पनि नेपालबाट निर्यात भइरहेका छन्।

अमेरिकी बजारमा शून्य दशमलव शून्य ७ प्रतिशत अंशलाई पहिलो वर्ष १ प्रतिशत हुँदै आगामी १० वर्षमा १० प्रतिशतसम्म पुर्याउन सकिने पाण्डेको भनाइ छ। उनीको दाबी छ, ‘अमेरिकी बजारको करिब १० प्रतिशत बजार मात्र ओगट्ने इच्छाशक्ति राख्ने हो भने पनि नेपालको अमेरिका निर्यात रू. १ खर्ब ४० अर्ब जति पुग्छ।’

अमेरिकाले सुविधालाई कानुनी मान्यता दिएपछि सरोकार राख्ने ६६ ओटा वस्तुका उद्योगहरूको विकास कसरी गर्ने र अमेरिकी बजारमा गुणस्तर र मूल्य प्रतिस्पर्धी कसरी बनाउने भन्ने विषयमा निर्यातकर्ता, उद्यमी, नीतिनिर्माताहरू बसी आगामी ५–१० वर्ष र सन् २०२५ पछिका लागि रणनीति र कार्ययोजना तर्जुको चरणमा तत्काल पुग्नु पर्ने सुझाव उनको छ।

संघका अध्यक्ष अर्याल सरकारले यस्तो सुविधा सदूपयोग गर्न कुनै चासो नदेखाएकोमा गुनासो प्रकट गर्छन्। ‘हामीले पटक पटक सुझाव दिएका छौं’ उनी भन्छन् ‘तर, सरकारले आजसम्म मोडालिटी समेत बनाउन सकेको छैन।’
विशेष आर्थिक क्षेत्र (सेज)मा तयारी पोसाकको उद्योग खोल्ने बताए पनि हालसम्म सञ्चालनमा आउन नसकेको उनको भनाइ छ। ‘हामीसँग पटक पटक छलफल गरे पनि, व्यवसायीले दिएको सुझावलाई दराजमा थन्काउने काम बाहेक केही पनि हुँदैन’ अर्यालको अनुभव छ।
यता, उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले सरकारले सिमरामा रहेको सेजभित्र तयारी पोसाक उद्योग खोल्ने काम अन्तिम चरणमा पु¥याएको दाबी गर्छिन्। ‘अमेरिकाले दिएको सुविधा कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा गम्भीर रुपमा लागेको छ,’ उनले भनिन्, ‘यसै विषयमा पटक पटक व्यवसायीसँग पनि छलफल भएको छ।’

संघले अमेरिकी बजारमा प्राप्त सुविधाको दुरुपयोग हुन नदिन प्रभावकारी नियन्त्रण संयन्त्रको व्यवस्था पनि तत्काल गरिनुपर्ने, विशेष आर्थिक क्षेत्र, साझा प्रकल्प केन्द्रको स्थापना, सुविधायुक्त प्रयोगशाला, अनुसन्धान र विकासमा पर्याप्त बजेटरी सहयोग र सीप विकास केन्द्रहरूको स्थापना पनि सँगैसँगै गर्न तयार गर्नुपर्ने सुझाब दिएको छ। त्यसैगरी, उद्यमशीलतामा अभिवृद्धिका लागि शुभारम्भ कोष, हौसलायुक्त लगानी आह्वानजस्ता कार्यक्रम लागू गरिनुपर्ने निजी क्षेत्रको भनाइ छ।

विशेष आर्थिक क्षेत्र (सेज)का कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्ट पनि सरकारले सिमरा क्षेत्रमा तयारी पोसाकका लागि छुट्टै उद्योग खोल्न थालेको बताउँछन्। ‘त्यसका लागि सरकारले बजेट समेत छुट्टयाएको छ,’ उनले भने, ‘छिटै नै उक्त उद्योग सञ्चालनमा आउँछ।’

 

प्रकाशित ४ पुस २०७३, सोमबार | 2016-12-19 13:23:13

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • पवन चाम्लिङ

    गोर्खाल्याण्डप्रति दार्जिलिङबाहिर पनि समर्थन बढ्दै

    भारतको पूर्वोत्तर पहाडी सहर दार्जिलिङमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग गर्दै सुरु भएको आन्दोलन झण्डै दुई सातादेखि जारी छ। आन्दोलनप्रति...

  • बारपाकमा नमूना एकीकृत बस्ती? गफै मात्र भो

    सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले नगर बिकास समिति गठन नहुँदा एकीकृत बस्ती बिकास प्रक्रिया अघि बढाउन कानूनी...