कार्पेट उद्योगमा आगलागी हुँदा २ करोडको क्षति, मजदुर घाइते



आगलागी
आगलागी

धापाखेलको आरके कार्पेट एण्ड ह्यान्डीक्रयाफ्ट उद्योगमा बुधबार साँझ आगलागी हुँदा रु दुई करोड बढीको रकम क्षति भएको छ।

सो उद्योगमा कार्यरत कामदारले एलपी ग्यास बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको बताइएको छ।

उद्योगमा आगलागी हुँदा बुनेर भण्डारण गरिसकेको रु एक करोडको कार्पेट, उद्योगको तानमा लगाइरहेको रु ५० लाखको धागोसहित रु ५० लाख बढीको भौतिक संरचना जलेर नष्ट भएको सो उद्योगका सञ्चालक ऋषिराम घिमिरेले जानकारी दिए।

‘एक रोपनी क्षेत्रफलमा रहेको कार्पेट उद्योग पूरै जलेर नष्ट हुँदा त्यहाँभित्रका सबै सामग्री जलेर नष्ट भएका छन्’, घिमिरेले भने, ‘उद्योगभित्र बस्ने ११ परिवारको कति रकम र सामान जलेर नष्ट भए त्यसको यकिन जानकारी हुन सकेको छैन।’ सो कार्पेट निर्माणमा प्रयोग हुने सिल्क र कटनको धागो अतिनै महँगो हुने घिमिरेले बताए।

सो उद्योगमा कार्यरत ३६ वर्षीया कान्छी लामा आगलागीमा घाइते हुँदा उनलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार छिउँजुले जानकारी दिए।

‘लामाको हात, गोडा र पाखुरामा आगोले पोलेको छ’, छिउँजुले भने, ‘सामान्य आगलागीमा परेका अर्का एक व्यक्ति भने उपचारको क्रममा घर फर्किसकेका छन्।’

आगलागी नियन्त्रणमा काठमाडौँ, ललितपुर, भक्तपुरका छ वटा दमकलका साथै खुमलटारको राजदल गणका सेनासहित महानगरीय प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी वृत चापागाउँका प्रहरीले खटिएका थिए। रासस

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 19:50:47
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।