गण्डकी प्रदेशको ८३ प्रतिशत रोजगारीमा अनौपचारिक क्षेत्रको योगदान

१२ लाख श्रमशक्ति हातमुख जोर्ने काममै सीमित



गण्डकी प्रदेश
गण्डकी प्रदेश

गण्डकी प्रदेशमा उपलब्ध १२ लाख श्रमशक्ति जीविकोपार्जनमा मात्रै संलग्न रहेको तथ्याक सार्वजनिक भएको छ।

प्रदेशमा काम गर्ने उमेर समूह (१५ वर्षभन्दा माथि) को जनसंख्या १८ लाख ६८ हजार रहेकोमा त्यसको ठूलो हिस्सा अर्थात ८७ दशमलव ६६ प्रतिशत व्यक्ति हातमुख जोर्ने काममा मात्रै सीमित भएका हुन्।

तथ्याङ्क अधिकृत विजयराज सिजापतिका अनुसार काम गर्ने उमेर समूहका यति ठूलो संख्या हातमुख जोर्ने काममा मात्र सीमित हुनु अर्थतन्त्रको लागि राम्रो संकेत होइन। 

केन्द्रीय तथ्यांक विभागले बिहीबार पोखरामा सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण (तेश्रो), २०१९ का अनुसार गण्डकी प्रदेशको कुल बेरोजगारी दर भने ९ प्रतिशत रहेको छ।

अचम्म त के छ भने, बेरोजारीको संख्या ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ। सहरी क्षेत्रको बेरोजगारी दर १० दशमलव ४ प्रतिशत छ भने गाउँमा ६ दशमलव ५ प्रतिशत श्रमशक्ति मात्रै बेरोजगार छन्। सहरमा करिब ५९ प्रतिशत मानिसले रोजगार पाउँदै आएका छन्।

तथ्याङ्कले महिलाभन्दा पुरुषहरु बढी बेरोजगार भएको देखाएको छ। कुल श्रमशक्तिको ९ दशमलव ८ प्रतिशत पुरुषको हातमा काम नहुँदा ८ दशमलव ४ प्रतिशत महिलाले काम पाएका छैनन्।

प्रदेशमा ६ लाख ६ हजार जनाले मात्रै काम पाएका छन्। तथ्यांक अनुसार प्रदेशका ३ लाख ४० हजार पुरुष र २ लाख ६६ हजार महिलाहरुमा रोजगारीको पहुँच पुगेको छ। वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेर हेर्दा तथ्यांक ७० प्रतिशत सहरिया महिलासहित २ लाख ६६ हजार जनाले रोजगारी पाएका छन् रोजगार पाउने पुरुषहरु ५९ प्रतिशत छन्।

रोजगारीमा ८३ प्रतिशत योगदान अनौपचारिक क्षेत्रको रहेको छ। गण्डकी प्रदेशमा रोजगारमा रहेकाहरुको मासिक आम्दानी १९ हजार ७ सय ४६ रुपैयाँ देखिएको छ। यो नेपालभरिको औषत भन्दा २ हजारले बढी हो।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माका अनुसार कृषि, वन र माछापालन, थोक तथा खुद्रा, मोटरगाडी तथा मोटरसाइकल मर्मत, उद्योग र निर्माण क्षेत्रले बढी रोजगारी सृजना गरेको छ। उनले नेपालीहरुमा काम गर्ने बानी नभएको र विदेशिने सोच हावी भएको बताउँदै यो प्रवृत्ति रोक्नुपर्नेमा जोड पनि दिए।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 19:30:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।