एनएमबी र ओम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अघि बढ्यो

चुक्ता पुँजी साढे ११ अर्ब पुग्ने



एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर प्रक्रिया अघि बढेको छ।

मर्जर प्रक्रियामा जाने सम्झौतापत्रमा आज एक कार्यक्रममाझ एनएमबीका प्रदीपराज पाण्डे र ओमका योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका हुन्।

ओमले प्राइम कमर्सियल बैंकसँग मर्जर प्रक्रिया अपनाइसकेको थियो। प्राइमसँग मर्जर प्रक्रिया तोडिएपछि एनएमबीसँग मर्जरको प्रक्रिया अघि बढाइएको हो।

एनएमबीले प्रतिसेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको हो। दुई महिनाभित्र मर्जर पूरा गर्ने एनएमबीका सीईओ सुनिल केसीले जानकारी दिए।

प्राइमले ओमलाई प्रतिसेयर साढे ८२ रुपैयाँका दरले प्राप्ति गर्न खोजेको थियो। सञ्चालक समितिको बाँडफाँट तथा कर्मचारी व्यवस्थापनलगायतको विषयमा कुरा गर्न नसक्दा प्राइमसँग मर्जर प्रक्रिया अघि बढ्न सकेको थिए।

अहिले एनएमबी बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ।

स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको सेयर पुँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पुँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

ओमको पुँजीबाट बाँकी रहेको पैसा जगेडा कोषमा जानेछ। जगेडा कोष ८ अर्ब २८ करोड रुपैयाँको हुनेछ। यो रकमबाट बैंकले बोनस सेयर दिनसक्ने अवस्था रहेको छ।

एमएमबीको १ सय १० वटा शाखा सञ्चालनमा रहेको छ। त्यस्तै ओमको ५३ वटा रहेको छ। यो मर्जरपछि बैंकको आखा सञ्चालन पनि राम्रो देखिनेछ।

गण्डकी प्रदेशमा राम्रो उपस्थिति रहेको यो बैंकको मर्जरपछि आफ्नो कमजोर उपस्थिति रहेको गण्डकी क्षेत्रमा पनि कारोबार राम्रो रहने एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यानले बताए। मर्जरपश्चात बैंकको नाम एनएमबी नै रहनेछ।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 17:58:08
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।