आठ महिनामा एक खर्ब ३७ अर्बकाे पेट्रोलियम पदार्थ आयात

व्यापारघाटा २४ प्रतिशतले वृद्धि



नेपाल आयल निगमकाे ट्यांकर
नेपाल आयल निगमकाे ट्यांकर

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करिब ३६ प्रतिशतले वृद्धि भएकाे छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त अवधिमा पेट्राेलियम आयात बढेर एक खर्ब ३७ अर्ब ६० करोड पुगेको हाे। सवारीसाधनका अतिरिक्त भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलियम पदार्थको प्रयोग बढेका कारण यसको आयातसमेत बढेको केन्द्रले जनाएको छ।

अर्बौँ रुपैयाँको व्यापारघाटा
उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले वर्षेनी अर्बौँ रुपैयाँको व्यापारघाटा व्यहोर्दै आएको छ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापारघाटा करिब २४ प्रतिशतले वृद्धि भई आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही अनुपातमा स्वदेशी उत्पादन निर्यात हुन नसकेका कारण व्यापार घाटा चुलिएको हो। नेपालमा विदेशी वस्तु तथा सेवा मुख्यगरी भारत, चीन तथा तेस्रो मुलुकबाट आयात हुने गर्दछ।

निकासी व्यापारमा पनि आयातित मुलुकका अतिरिक्त बङ्गलादेश, बेलायत, संयुत्तराज्य अमेरिका, जर्मनी, टर्की, प्रान्स, इटाली, जापान, क्यानाडा, अष्ट्रेलिया, डेनमार्कलगायत देशमा नेपाली उत्पादन आपूर्ति हुने गरेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६ प्रतिशत र ९४ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा देशको कुल निकासी १५ दशमलव ३ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड तथा कुल पैठारी २२ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ। गत आर्थिक वर्षको पहिलो आठ महिनामा निकासी पैठारी व्यापारको अनुपात एक दशमलव १५ प्रतिशत रहेकामा चालू आवको सोही अवधिमा यसको अनुपात एक दशमलव १६ प्रतिशत पुगेको छ।

चालू आवको प्रथम आठ महिनामा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पोलिष्टर तथा अन्य धागो, फलामजन्य उत्पादन, ऊनी गलैँचा, तयारी पोसाक, जुट तथा त्यसबाट बनेका सामग्री, पश्मिना, चिया, जीआइ पाइप, जुस, अलैँची, जडीबुटीलगायत रहेका छन्।

स्टिल तथा तिनका उत्पादनको आयातमा ३३ दशमलव ७ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब ४० करोड, यातायातका साधन र तीनका मेसिनरी पार्टपूर्जामा १४ दशमलव २ प्रतिशतले वृद्धि भई रु ६४ अर्ब एक करोड, इलेक्ट्रिक तथा इलेक्ट्रिोनिक्स सामग्रीमा ३९ दशमलव १ प्रतिशतले वृद्धि भई ३६ अर्ब ७१ करोड पुगेको छ। सुनको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ४३ करोड पुगेको छ। त्यस्तै औषधिको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई २० अर्ब ९६ करोड पुगेको छ।

अधिकांश आयातित वस्तु औद्योगिक उत्पादन, मालवस्तु ढुवानी, तथा सार्वजनिक यातायातमा खर्च भइरहेको सन्दर्भमा यस वस्तुको आयातले पनि समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको अर्थविद् राधेश्याम मालाकारले बताए।

व्यापारघाटा न्यूनीकरण गर्न वाणिज्य तथा औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने, उत्पादन बढाउनका लागि आवश्यक व्यवस्थालाई नीतिमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ। करिब ५० लाख युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भएका कारण स्वदेशमा अधिकांश खेतबारी बाँझो छन्। जसले गर्दा स्वदेशमा उत्पादन हुन सक्ने कृषिजन्यउपज आयात भएको र विप्रेषणबाट आउने रकमको धेरै हिस्सा उपभोग क्षेत्रमा खर्च भएको छ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा उत्पादन भएका वस्तु तथा सामग्रीको लागत महङ्गो भई आयातित सामग्री सस्तो पर्ने हुँदा पनि व्यापारघाटा हुन गएको अर्थविद् मालाकारको दाबी छ।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 16:35:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

कृष्णराज गौतमबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...