भारतीय निजी क्षेत्रलाई अर्थमन्त्रीले भनेः नेपालमा लगानी गर्ने अवसर नगुमाउनुहोस्



युवराज खतिवडा
युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दाबी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराए।

‘नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन’ को दोस्रो दिन बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे।

उनले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड वस्तुहरु उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराए।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र इन्डियन फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा आयोजना गरिएको सो सम्मेलनमा ६० वटाभन्दा बढी ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी छन्।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 16:16:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...