के अमेरिका चीनविरुद्ध ‘मुद्रा युद्ध’ सुरु गर्दै छ?



डलर-युआन
डलर-युआन

चीनविरुद्ध व्यापार युद्धमा रहेका अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुद्रा युद्ध सुरु गर्ने संकेत गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध मंगलबार गरेको ट्विटपछि चीनविरुद्धका व्यापार युद्धमा जित हासिल गर्न मुद्रा युद्ध सुरु गर्नसक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले आफ्नो वित्तीय प्रणालीमा पैसा लगाउने र ब्याजदरलाई न्यून पार्ने सम्भावना रहेको बताएका छन् । चीनले निर्यात प्रवद्र्धन गर्न पहिलेदेखि नै यस्तो गर्दै आएको बताउँदै अमेरिकाका केन्द्रीय बैंकलाई त्यसै गर्न आग्रह गरेका छन्।

‘यसले खेल समाप्त पार्नेछ, हामी जित्छौं’, ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘फेडरल रिजर्भले यस्तै गर्‍यो भने । हामी जित्छौं ।’

चीनले विभिन्न कदम चालेर मुद्रा युआनको कृत्रिम अवमूल्यन गराई अनैतिक रुपमा फाइदा लिएको आरोप लगाउँदै आएको छ।

ट्रम्पले ब्याजदर बढाएको भन्दै केन्द्रीय बैंकको आलोचना गर्दै आएका छन्। जसले अमेरिकी डलरलाई महंगो बनाएको बुझाइ उनको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुले भने अमेरिकी केन्द्रीय बैंकले ह्वाइट हाउसका दबाबमा टिकी रहन नसक्ने बताएका छन्।

उनीहरुले अपेक्षा गरिएभन्दा चाँडै मौद्रिक नीतिलाई केन्द्रीय बैंकले खुकुलो पार्ने र ब्याजदर घटाउनसक्ने बताएका छन्। एक वर्षअघि अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्धको क्रममा दुवै देशले एक अर्को देशबाट आयात हुने वस्तुहरुमा भन्सार दर बढाएका छन्।

विज्ञहरुले विश्वका प्रमुख दुई ठूलो अर्थतन्त्र भएको देशबीचका तनावले विश्व अर्थतन्त्रमै ठूलो असर गर्ने चेतावनी दिँदै आएका छन्।

चीनसँगका व्यापारघाटा चुलिएपछि अमेरिकाले करिब एक वर्षदेखि चिनियाँ सामग्री आयातमा भन्सार दर बढाएको छ।

अमेरिकी कदमको प्रतिउत्तरमा चीनले पनि त्यस्तै कदम चालेको छ।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 13:49:47
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...