कञ्चनजंघा आरोहणमा गएका २ भारतीयको मृत्यु, चिलीका पर्यटक बेपत्ता



कञ्चनजंघा
कञ्चनजंघा
तस्बिर: विकिपेडिया

कञ्चनजंघा आरोहणमा गएका २ भारतीयको मृत्यु भएकाे छ।

यस वर्षको सिजन सुरु भएसँगै हिमाल आराेहणमा गएका उनीहरुकाे मृत्यु भएको हाे।

कञ्चनजंघा हिमाल विश्वकै तेस्रो अग्लो हिमाल हाे। यसको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ। पर्यटन विभागले आरोहणका क्रममा बुधबार राति भारतीय नागरिकको मृत्यु भएको जनाएको छ।

सगरमाथा आधारशिविरमा रहेकी विभागकी निर्देशक मिरा आचार्यका अनुसार कञ्चनजंघा आरोहण सकेर फर्किने क्रममा ४८ वर्षका विप्लव वैद्यको मृत्यु भएको हो।

त्यस्तै ४६ वर्षका अर्का भारतीय आरोही कुन्ताल करारको आरोहणको क्रममा ८ हजार मिटरभन्दा माथि मृत्यु भएको हो।

कञ्चनजंघा आरोहणकै क्रममा दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। चुचुरोमा पुगेपछि उनी सम्पर्कविहीन छन्।

यीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीबार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिरहेको छ।

यस वर्षको आरोहणमा कञ्चनजंघा आरोहणका लागि १ नेपाली टोलीसहित ५ विदेशी छन् पर्यटन विभागले दिएको जानकारीअनुसार ६ आरोहण टिममा ३४ आरोहीहरुले आरोहणको अनुमति लिएका छन्।

सगरमाथामा ५३ आरोही पुगे
त्यस्तै यस वर्षको आरोहणको क्रममा विश्वकै अग्लो शिखर सगरमाथामा ५३ आरोहीहरु पुगेका छन्। बाटो बनाउने गएका ८ आरोहीसहित ४५ आरोहीहरु सगरमाथा चुचुरोमा पुगेका हुन्।

त्यस्तै कञ्चनजंघा हिमाल ४३ जनाले आरोहण गरेका छन्। त्यस्तै मकालुमा ३२ र ल्होत्सेमा १२ जनाले आरोहण सकेका छन्।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 12:26:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...