नेपालको उर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह



वर्षमान पुन
वर्षमान पुन
सिन्ह्वा

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

फ्रान्समा जारी विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाइड्रोपावर कंग्रेस)लाई नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएकाले नेपालमा लगानी गर्न आह्वान गरेका हुन्। उनले विश्व बैंक लगायतका धेरै विदेशी संघ संस्थाले जलविद्युतमा लगानी गरिरहेको बताउँदै विदेशी लगानीकर्तालाई आश्वस्त पार्ने काेशिस गरेका थिए।

मन्त्री पुनले भने, ‘नेपाल सरकारले ‘समृद्धि नेपाल सुखी नेपाली’को नारा अघि सारेर आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न लागेको छ। नेपालमा हामीले नयाँ संविधानको साथमा संघीय, प्राविधिक र स्थानीय स्तरमा सरकार गठन गर्ने एक सक्षम राजनीतिक वातावरण सिर्जना गरेका छौं। हामीले औद्योगिकीकरणमा हाम्रो फोकस दिएका छौं, प्राकृतिक स्रोतको प्रयोग र हाम्रो राष्ट्रको समग्र आर्थिक विकासको लागि पूर्वाधार विकासको उपयोग गरेका छौ।’

मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराएका थिए।

उनले विशेष आर्थिक क्षेत्र, बिजुली प्रवर्द्धन, बिजुली चार्जिङ स्टेशनहरूको बनाउने लक्ष्यमा रहेको र त्यसका सरकारले विभिन्न कर छुट मार्फत नीजि क्षेलाई पनि आकर्षण गर्न लागेको बताए। विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको मन्त्री पुनकाे भनाई थियाे।

उनले भारतसँग विद्युत् व्यापार सम्झौता पिटिए भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग सो सम्झौता हुने जानकारी गराएका थिए।

उनले आगामी केही बर्षभित्रै ९० प्रतिशत जनताले विजुलीको उपयोग गर्न पाउन र त्यसका लागि सरकारले उज्यालो नेपालको अवधारण अघि सारेको पनि बताए।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 20:21:51
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...