शक्ति मिनरल्सले उत्पादन थाल्दा ३ उद्योग पछि हटे



भैरहवा सेजकाे कार्यालय
भैरहवा सेजकाे कार्यालय

भैरहवामा बनिरहेको विशेष आर्थिक क्षेत्र (सेज)मा अहिलेसम्म साढे ३ अर्बका उद्योग दर्ता भएका छन्।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार ३ अर्ब ५८ करोड १३ लाख १२ हजार ७ सय २६ रुपैयाँ लगानीका २१ उद्योग दर्ता भएका छन्। भैरहवा सेजमा ४० करोड लगानीको शक्ति मिनरल्स प्रालिले पहिलो उद्योगका रुपमा व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। यस उद्योगले २ सय जनालाई रोजगारी दिने बताएको छ। यसका सञ्चालक एवं अध्यक्ष विनोदकुमार श्रेष्ठ रहेका छन्।

यस क्षेत्रमा चालू आवको सुरुदेखि २३ उद्योग दर्ता भए पनि न्युमेटल इन्डस्ट्रिज प्रालिले सेज छोडिसकेको छ। ८५ करोड लगानी गर्ने भन्दै दर्ता गरे पनि कम्पनीले सेजको मापदण्डअनुसार उत्पादन निर्यात गर्न नसक्ने कारण देखाउँदै सेज छाडेको प्राधिकरणले जनाएको छ।

त्यस्तै अन्य तीन कम्पनी पनि भैरहवा सेज छाड्ने तयारीमा रहेका छन्। छाड्ने तयारीमा रहेकामा प्रदीप कुमार अग्रवालको सिद्धार्थ पाइप प्रालि, राजेश कुमार अग्रवालको सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिज प्रालि (दुई छुट्टै उत्पादन गर्ने छुट्टै दर्ता भएका) उद्योग रहेका छन्। चार उद्योग बाहिरिँदा सेजबाट ७८ करोडको लगानी बाहिरिएको छ।

त्यस्तै यो विशेष आर्थिक क्षेत्रमा स्ट्यानलेस स्टिल युटेन्सिल म्यानुफ्याक्चरिंग इन्डस्ट्रिजको ट्रस्ट निर्माण भइरहेको छ भने अन्य पूर्वाधार तयार भइसकेको छ। त्यस्तै, एलईडी लाइट म्यानुफ्याक्चरिङ इन्डस्ट्रीले उद्योग स्थापनाको तयारी गरिरहेको छ। उद्योगले हाल मेसिनहरु ल्याइरहेको सेज प्राधिकरणले जनाएको छ। त्यस्तै एस प्लाष्टिक प्राडक्टले टहरा बनाइरहेको छ भने पञ्चकन्या र सुगम नानो हर्बल इन्डस्ट्रिजले प्लट सफा गरिरहेको छ।

सञ्चालनमा आए २ हजार ३ सय ७ जनाले रोजगारी पाउने
सेजमा निर इन्डस्ट्रिज प्रालि, ग्रो वेल इन्नोभेसन प्रालि, बुद्ध न्यापकिन एण्ड टिम्यु पेपर उद्योग, आईडीएस इलेक्ट्रिक प्रालि, पञ्चकन्या पीभीसी पाइप, स्टिल, क्रिएसन्स वर्ल्ड वाइड, अरिबा एग्रिकल्चर उद्योग दर्ता भएका छन्। त्यस्तै नेशनल अर्गानिक प्रालि, अरिहन्त एग्रो प्रोसेसिंग इन्डस्ट्रिज प्रालि र कुराकानी अनलाइन प्रालिले सेजमा उद्योग दर्ता गरेका छन्। उक्त दर्ता उद्योगहरु सम्झौताअनुसार सञ्चालनमा आए २ हजार ३ सय ७ जनाले रोजगारी पाउनेछन्।

उक्त उद्योगहरुलाई झण्डै ७ दशमलव ५७२ मेगावाट विद्युत आवश्यक पर्ने प्राधिकरणले जनाएको छ। भैरहवा सेजमा ८१ वटा प्लट रहेका छन्। यसको कुल क्षेत्रफल ३४ हेक्टर रहेको छ।

सेजमा साना, मझौला र ठूला उद्योग स्थापना हुनेछन्। यसअन्तर्गत खाद्यसम्बन्धी, सुर्तीजन्य, जडीबुटीसम्बन्धी, लेदर, गार्मेन्ट, हातेकागज उत्पादन, हस्तकला, मेटल, स्पोर्टस वेयर, ज्वेलरी, प्लास्टिक, विद्युतीयजस्ता सामग्री उत्पादन गर्ने उद्योगहरु स्थापना हुनेछन्।

सार्क राष्ट्र सम्भावित बजार
खासगरी यी उत्पादनहरुको सम्भावित बजारका रुपमा सार्क क्षेत्रलाई हेरिएको छ। त्यसमा पनि भारत नै मुख्य बजार रहने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाका अनुसार प्राधिकरणसँग गरेको सम्झौताबमोजिम उद्योगहरु ६ महिनाभित्रै सञ्चालनमा आउनुपर्नेछ। सम्झौताअनुसार नभए प्राधिकरणले अनुमति खारेज गर्ने उनले नेपालखबरलाई जानकारी दिए।

देश संघीय संरचनामा गएसँगै सरकारले सातवटै प्रदेशमा एउटा सेज स्थापना गर्ने नीति लिएको छ। सोहीअनुसार काम अघि बढिरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सिमरा सञ्चालनको अवस्थामा रहेको छ। उक्त सेजमा पूर्वाधार तयारी अवस्थामा रहेकोले प्राधिकरणले उद्योगहरुलाई स्थापनाको प्रस्ताव समते मागिसकेको छ।

त्यस्तै काभ्रेपलाञ्चोकको पाँचखालमा पनि बाउन्ड्री वाल र एडमिनिस्ट्रेटिभ बिल्डिङ निर्माणको क्रममा रहेको छ भने अन्य सेजको सम्भाव्यता अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 18:50:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...