राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गिता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पाकिङ्ग र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलभ दरमा यो सेवा उपभोग गर्न सकिने बताए।

हाल करिब तिन हजार वटा लकर सेवा शाखाले सञ्चालनमा ल्याएको छ। लकर सेवाको वार्षिक भाडा दर एक हजार पांँच सय देखि तीन हजार रुपैयाँसम्म पर्ने छ। महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ।

बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा सञ्चालन गरिरहेको छ। उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृत टेकराज जोशी, नि.विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, प्रदेश नम्बर ३ का नि.प्रमुख सोनी श्रेष्ठ, शाखा कार्यालय दरबारमार्गका प्रबन्धक रामकुमार थापा लगायतको उपस्थिती रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

प्रकाशित 2019-05-15 17:08:35