दर्ता र नविकरण नभएका ग्यारेजलाई कारबाही गर्ने तयारी



यातायत व्यवस्था विभागले दर्ता तथा नविकरण नभई सञ्चालन भै रहेका ग्यारेजहरुलाई कारबाही गर्ने भएको छ।

विभागले १५ दिनको समय दिई उक्त समयसम्म पनि दर्ता तथा नविकरण नगराएको खण्डमा कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी गराएकाे हो। 

विभागका महानिर्देशक कुमार दाहालका अनुसार सवारी साधनको वृद्धिसँगै ग्यारेजहरुको पनि संख्या वृद्धि भएको देखिन्छ। कतिपय दर्ता भएर सञ्चालनमा आएका छन् भने कतिपय त्यत्तिकै सञ्चालनमा छन्। त्यस्तै कुनै दर्ता भएर नविकरण नगरिकन कैयौं वर्षदेखि सञ्चालनमा आएका छन्। उनीहरुलाई नियमसंगत सञ्चालन गर्नु भनेर सूचना जारी गरेकाे उनले बताए। सूचना तथा नेपालको नीति नियम अुनसार अघि बढेनन् भने कारबाही प्रक्रिया अघि बढ्ने दाहालले चेतावनी दिए।

गत वर्ष रुपनारायण भट्टराईले महानिर्देशक हुँदा वर्कसप तथा ग्यारेजहरु नियमन गर्नका लागि कारखाना तथा वर्कसप सञ्चालन सम्बन्धी निर्देशिका लागू भएको थियो। सोही निर्देशिका अब कार्यान्वयनमा ल्याउन लागिएको विभागले जानकारी गराएको छ।

उक्त निर्देशिकामा सवारीसाधन राख्न पर्याप्त ठाउँ हुनुपर्ने, सडकको राइट अफ वेमा हुनुपर्ने लगायतका नियम उल्लेख गरिएको छ। तर हालसम्म चल्दै आएका विभिन्न कारखाना तथा सवारीसाधनका वर्कसपहरुले उक्त नियमको पालना समेत गरेका छैनन्।

विभागले सम्पुर्ण मापदण्ड पुरा भई विभागमा दर्ता हुनका लागि आह्वान गरेको हो। उक्त मापदण्ड भित्र रहेर १५ दिन भित्र दर्ता नभएमा कानुबमोजिम कारबाही गरिने विभागले जनाएकाे छ।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 15:15:36
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...