ककपिटमा निदाउने भारतीय पाइलट निलम्बित, पाकिस्तानीलाई जिम्मेवारी



निगमको एयरबस ३२० जहाज
निगमको एयरबस ३२० जहाज

नेपाल वायुसेवा निगमले एयरबस ३२० को प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएपछि नयाँ आइपी नियुक्त गरेको छ।

संयोगबस प्रतिबन्धमा परेका प्रशिक्षक पाइलट भारतीय हुन्। उनको स्थानमा नियुक्ति गरिएका नयाँ आइपी चाहिँ पाकिस्तानी नागरिक हुन्।

नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमसँग अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

क्यानको निर्देशन अनुसार निगमले न्यारोबडी जहाजका आइपी नागराजलाई अघिल्लो हप्ता उडान प्रतिबन्ध लगाएको थियो।

प्रशिक्षक पाइलट नागराज ककफिटमै निदाएको विषयमा छानबिन गर्न क्यानले दिएको निर्देशनअनुसार निगमले ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ। छानबिन समितिमा हवाइ उडान हवाई सुरक्षा विशेषज्ञ रहेका बरिष्ठ पाइलट युवराज भट्टराई, अपरेसन विभागका डेपुटी डाइरेक्टर दिपु रुहार्जन र इन्जिनियर दिवाकर बन्जारा छन्।

छानबिन समितिले ककपिटमा निदाउने पाइलट नागराज, उनीसँगै रहेका अन्य क्याप्टेन, को–पाइलटसँगसमेत बयान लिई प्रतिवेदन बुझाउनेछ। वैशाख २६ देखि उनी बिदामा छन्। नागराज निगममा फर्के लगत्तै बुधबार वा बिहीबारसम्म समितिले उनीसँग बयान लिई क्यानलाई प्रतिवेदन दिने निगम स्रोतले जनाएको छ।

ककपिटमा निदाएका भारतीय पाइलट नागराज

ककपिटमा निदाएका भारतीय पाइलट नागराज

नागराज बिदामा बसेको फाइदा उठाउँदै निगमको अपरेसन विभागले दुई महिना अघिमात्र निगममा काम थालेका पाकिस्तानी पाइलट गनीलाई नयाँ प्रशिक्षक पाइलट (आइपी) का रुपमा उडान अनुमति दिएको हो। अपरेसन विभागका प्रमुख रविन्द्रकुमार शेरचन (आरके) ले  काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ उडानमा आइपी बनाएर पठाएका हुन्।

निगमको एयरबस ३२० का लागि नेपाली आइपी सुवास रिजाल हुँदाहुँदै १५ हजार अमेरिकी डलर तिर्ने गरी प्रशिक्षक पाइलटका रुपमा गनीलाई ‘हायर’ गरिएको हो।

उनलाइ दिइएको जिम्मेवारी निगमको अपरेसन म्यानुअल विपरीत छ। म्यानुअलको ५.२.१७ मा उल्लेख भएअनुसार नयाँ आइपीले उडान भर्न विमानको आइपीसँग ८ वटा उडान भरेको हुनुपर्छ। स्रोतका भनाईमा, गनीले नेपाल वायुसेवा निगमका कुनै पनि आइपीसँग यसअघि कुनै पनि उडान गरेका छैनन्।

पहिलो उडानमा अपरेसन विभाग प्रमुख आरके शेरचनसँगै उनले आइतबार काठमाडौँ–दिल्ली उडानमा भरेका थिए। दोस्रो उडान काठमाडौँ–दिल्लीकै उडानमा कोपाइलट राजेश कुशुवासँग गरेका हुन्। तेस्रो उडान आइपीका रुपमा गरेका हुन्।

एयरबस ३२० को नयाँ आइपीका रुपमा उनले काठमाडौँबाट बुधबार बिहान ८ बजे दिल्लीको उडान भरेका हुन्। गनीसँगै उक्त उडानमा पाइलट योगेशकुमार हिराचन, को–पाइलट सुरज भण्डारी छन्। 

एयरबस ३२० का एक पाइलटका अनुसार निलम्बनमा परेका नागराज प्रशिक्षक पाइलटका रुपमा दक्ष थिए। प्रशिक्षण उडानका समयमा उनी पाइलट तथा कोपाइलटलाई उडानसम्बन्धी विभिन्न प्रश्न सोध्ने गर्दथे।

नाम बताउन नचाहने ती पाइलटका अनुसार आन्तरिक उडानबाट अपग्रेड भई न्यारोबडीमा गएका केही पाइलटलाई दक्ष बनाउन नागराजलाई निगममा ल्याइएको हो।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 14:53:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...