आगामी बिहीबार नेपाल–भारत फ्रेन्चाइज एक्स्पो हुने, ६० ब्राण्डको सहभागिता



एस्क्पोबारे जानकारी दिँदै महासंघ अध्यक्ष भवानी राणा
एस्क्पोबारे जानकारी दिँदै महासंघ अध्यक्ष भवानी राणा

आगामी बिहीबार काठमाडौंमा नेपाल–भारत फ्रेन्चाइज एस्क्पो हुने भएको छ।

नेपाल उद्योग वाण्ज्यि महासंघ र भारतीय राजदूतावासको सहकार्यमा एक्स्पो आयोजना हुनलागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। एक्स्पोमा नेपाल र भारतका ६० वटा ब्राण्डहरु सहभागी हुनेछन्।

एक्स्पोमा रिटेल कम्पनी, शिक्षा क्षेत्र, फिटनेस, फेसन, खाना तथा बेभरेज, रियल इस्टेट, टेक्नोलोजीलगायतको सहभागिता हुनेछ।

भारतीय ब्राण्डहरुको समन्वय फ्रेन्चाइज इण्डिया नामक कम्पनीले गरेको छ। भारततर्फबाट नाइन किड्स, अमेरिकन स्कुल बेस्ट सेलर, वाइक स्टुडियो, बम्वे डाइङ, क्याप, चाय गरम, कपर चिम्नी, यूकिलन लगायत कम्पनीको सहभागिता हुने आयोजकले जानकारी दिएको छ।

त्यस्तै नेपालबाट अग्नि ग्रुप, टिबडेवाला ग्रुप, मेरो घर, सिटीहोम्स, सांग्रिला, हिमालयन जाभा, गोल्ड स्टार, अल्पाइन पश्मिना, सभानेपाल र श्री जयकाली जडीबुटीलगायतको सहभागिता हुने संघले जनाएको छ।

उक्त एक्स्पोको तयारीको लागि भोलि अर्थात् बुधबार विभिन्न कम्पनीहरुसँग अन्तक्र्रिया कार्यक्रम समेत गरिने संघले बताएको छ। बुधबार नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नयाँ मार्गचित्र प्रस्तुत गरिनेछ भने नेपाललाई केले विशाल व्यावसायिक गन्तव्य बनाउन सक्छ भन्नेबारे अन्तर्क्रिया गरिनेछ।

त्यस्तै खुद्रा व्यवसायमा व्यावसयिक अवसरहरुलगायतका विषयहरुमा रहेका अनुभवहरुको आदानप्रदान गर्ने कार्यक्रम रहेको उद्योग वणिजय महासंघकी अध्यक्ष भवानी राणाले जानकारी गराइन्।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ। यो एक्स्पोमा २ सय ५० जना लगानीकर्ताको सहभागिता हुनेछ।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 16:18:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...