बुद्धले तोक्यो काठमाडौं–कोलकाता उडानको हवाइ भाडा

सस्तो प्याकेज, हप्ताको ३ उडान



बुद्ध एयर
बुद्ध एयर

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ।

कम्पनीका अनुसार काठमाडौं–कोलकाता उडानको दुईतर्फी भाडा प्रतियात्रु २२ हजार रुपैयाँ लाग्नेछ।

काठमाडौं–कोलकाता भाडादर १० हजार ४ सय ४० रुपैयाँ तोकेको कम्पनीले कोलकाता– काठमाडौं भाडा भने ११ हजार ५ सय ६० रुपैयाँ तोकेको छ।

बुद्धका अनुसार कोलकातादेखि काठमाडौं भाडादर केही महङ्गो भएको छ। भारत सरकारले पर्यटक शुल्कमा बढी कर लिँदा महङ्गो पर्न गएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए।

उनका अनुसार कोलकाता उडानमा बुद्धले विभिन्न प्याकेजको व्यवस्था गरेको छ। गु्रपमा कोलकाता घुम्न जाने तथा तीर्थयात्रा गर्न जाने नेपालीलाई लक्षित गरी सस्तो दरमा घुमाउने व्यवस्था गरेको छ।

सातामा तीन उडान
बुद्धले आगामी जेठ १३ देखि कोलकातामा सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान हुने जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे उडान हुनेछ भने कोलकाताबाट बिहानकै १०ः३० मा उडान भर्ने बुद्धले जनाएको छ। कोलकाता उडानमा बुद्धले नयाँ खरिद गरेको ७२ सीटे एटीआर ७२–५०० ले उडान गर्नेछ।

९ एनएमवाई कलसाइनको उक्त विमानको काठमाडौंको उडान नम्बर यु४ १६३ र कोलकाताको उडान नम्बर यु४ १६४ रहेको छ। काठमाडौंबाट कोलकातासम्मको हवाइ दूरी १ घण्टा ३० मिनेटको हुनेछ।

बुद्धका अनुसार हाल कोलकातामा मात्र नेपाली ३ लाखभन्दा बढी बसोबास गर्छन। उनीहरुका लागि बुद्धको कोलकाता उडानले सहयोग पुग्नेछ।

सस्तो प्याकेज
बुद्धले विभिन्न दरमा प्याकेज बिक्री गरेको छ। जसमा २ रात ३ दिन, ४ रात ५ दिन र ५ रात ६ दिनको प्याकेज छ।

२ रात ३ दिनको प्याकेजमा कोलकाताको दक्षिणकाली मन्दिर, बेलुर म्यान र बजार क्षेत्र रहेको छ। २८ हजारको प्याकेज रहेको छ। जसमा जाने÷फर्किने हवाइ टिकट, खाना र बस्ने व्यवस्था छ।

त्यस्तै ४ रात ५ दिनको जम्मा ५८ हजार तोकेको छ। जसमा कोलकाताको उच्च न्यायालय भवन, पुरानो चर्च, हावडा ब्रिज, विध्यासागर सेटु, राष्ट्रिय संग्रहालय, भिक्टोरिया मेमोरियल कल्याघा मन्दिर लगायतका क्षेत्रमा घुमाउने व्यवस्था गरेको छ।
चारधामअन्तर्गत कोलकातामा रहेको जगरनाथ पुरी तीर्थयात्रामा जाने पर्यटकलाई घुमाउने व्यवस्था पनि कम्पनीले गरेको छ।

कोलकातापछि गुवाहटी उडानको तयारी
गत वर्षको जुनबाट अन्तर्राष्ट्रिय उडानमा भारतको बनारसमा नियमित उडान गर्दै आएको बुद्धले कोलकातापछि गुवाहटीमा उडानको तयारी थालेको छ। गुवाहटीमा आगामी अगष्ट ३ (साउन १८) गतेदेखि साताको दुई उडान भर्ने तयारी गरेको छ। तर भारतको सिभिल एभिएसनले हालसम्म उडान अनुमति दिएको छैन।

जोशीका अनुसार भारतवाट मे महिनाभित्र उडान अनुमति दिएमा तोकिएकै समयमा गुवाहटीमा उडान हुनेछ। अनुमति पाउन ढिला भए त्यहीअनुसार उडान पर सर्नेछ। ‘भारतले अनुमति दिएलगत्तै उडान हँुदैन, हामीले आन्तरिक तयारी गर्न २ महिना लाग्छ’, उनले भने।

आन्तरिक उडानतर्फ ५२ प्रतिशत बजार हिस्सा ओगट्ने बुद्धले हाल १२ विमानबाट दैनिक दर्जनभन्दा बढी गन्तव्यमा आन्तरिक र भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। हाल बुद्धले भारतको बनारसमा सोमबार र शुक्रबार गरी साताको दुई दिन उडान भर्दै आएको छ।

सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ।

कम्पनीसँग सात वटा ७२ सीटे एटिआर ७२–५००, तीनवटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्ट लगायत १२ वटा जहाज छन्। उक्त जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दे आएका छन्। बुद्धले माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएका छन्।

बुद्ध एयरले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट नयाँ पर्यटक ल्याउने योजना बनाएको छ। नेपाल पर्यटन बोर्डको लोगो राखेर भारतीय पर्यटक नेपाल ल्याउने योजनाका साथ कम्पनीले प्रचारप्रसार गरेको जनाएको छ।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 14:38:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...