आफूलाई मात्रै नाफा हेर्ने पुँजीवादी विकासले पृथ्वीदोहन बढ्योः प्रचण्ड



पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादी विकासका कारण पृथ्वीकाे दोहन बढेकाे बताएका छन्।

आजदेखि ललितपुरको कुपण्डोलमा सुरु भएकाे दुई दिने अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनमा बाेल्दै उनले विश्वमा नै आफूलाई नाफा हेर्ने पुँजीवादी विकासको गति बढेकाेले उक्त कुरा अनुचित भएको बताए।

बुधबारसम्म चल्ने सम्मेलनको प्रमुख अतिथि एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका हुन्।

होटल हिमालयमा सुरु सम्मेलनमा भूमिसुधारमन्त्री पद्मा अर्याल, कांग्रेस सांसद प्रदिप गिरी, नेकपा अध्यक्ष प्रचण्ड, कृषिमन्त्री चक्रपाणी खनालको उपस्थिति छ।

उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै समस्या भोगेको बताउँदै समस्या समाधान गर्न बहस फलदायी हुने उल्लेख गरे। 

उनले भने, ‘यसरी विकासलार्इ सही दिशा दिन सकिँदैन। राजनीतिक स्थायित्वसँगै विकासको मोडेल त्यसलाई सञ्चालन गर्ने विधि सही भएन भने विकास सही बाटोमा जाँदैन।’ आधुनिक खेती गर्ने भने पनि दिनप्रतिदिन आयातमुखी हुनथालेकोले यसको समीक्षा गर्ने बेला भएको उनको भनाइ छ। उनले अगाडि भने, ‘अर्बौँको कागती मात्र आयात गर्नुपर्ने परिस्थितिको सृजना कसले गर्यो, कुन राजनीतिक प्रणालीले गर्यो त्यसको समीक्षा गर्ने उपयुक्त बेला आएको छ।’ अध्यक्ष प्रचण्डले प्रकृतिको दोहन नगर्ने विकासको मोडेलतिर जान चाहेको समेत खुलाए। उनले आफूलाई पनि राजनीति गरिसकेपछि प्रांगारिक खेतीमा जान मनलागेको बताए। तर जनताले त्यति जान नदिने भन्दै ठट्टा समेत गरेका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै कृषिमन्त्री खनालले प्रांगारिक खेती गर्न सकिने बताए। उनले भने, ‘प्राङारिक खेती गर्न सकिन्न भनेर थाकेका साथी पनि भेटेको छु तर नथाक्नुस सकिन्छ। तर गर्छु भनेर मात्र पुग्दैन। आँट्नु पर्छ।’ उनले नेपालमा ३÷४ लाख रासायनिक मल आवश्यक रहेको बताउँदै त्यसको ठाउँमा प्रांगारिक मल प्रयोग गर्न सकिने उल्लेख गरे। उनले सिधै किसान, माटो, जनजीवनसँग जोडिने गरी बजेट छुट्याउन आवश्यक भएको बताउँदै कर्णाली प्रदेशलाई प्रांगारिक घोषणा गरिएकाले त्यहाँ रासायनिक मल जान दिन नहुने बताए।

कार्यक्रममा उपस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रांगारिक बहस पहिलोपटक निस्किएकोले यसलाई बहसको विषय बनाउन आवश्यक भएको बताइन्। उनले प्रांगारिक खेतीतर्फ ध्यान दिन समेत किसानहरुलाई आग्रह गरिन्। उनले भनिन्, ‘प्राङ्गारिक खेती तर्फ ध्यान दिइएन र बेलैमा सचेत नहुने भने डरलाग्दो अवस्था आउन सक्छ।’ रोगको उपचार अस्पताल मात्र होइन, चुलो चौकोदेखि नै ध्यान दिनुपर्ने उनको भनाइ छ। रासायनिक मलले जमिनको उत्पादकत्व घटिरहेको बताउँदै उनले सुखी नेपाली हुन उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरिन्। यसका लागि सहकारी राम्रो माध्यम हुने उनको भनाइ छ। त्यस्तै कांग्रेस सांसद गिरीले प्रांगारिक कृषि नयाँ जीवनशैलीको माग भएकाले राज्य र मन्त्रालय नै बढी जागरुक हुनुपर्ने बताए।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 13:28:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...