एक लाख बेरोजगारले २ महिनाभित्र रोजगारी पाउँदै, नाम दर्ता गराउने अन्तिम दिन आज



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

आउने दुई महिनाभित्र देशका एक लाखभन्दा बढी बेरोजगारलाई सरकारले रोजगारी दिने भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिनकाे रोजगारी सरकारले उपलब्ध गराउने भएकाे हाे। 

सरकारले प्रत्येक परिवारका एक सदस्यलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने र दिन नसके बेरोजगार भत्ता दिने घाेषणा यसअघि नै गरिसकेको छ।

यस आर्थिक वर्षमा सय दिनकै रोजगारी दिन नसकिएकाले एक महिनाका लागि मात्रै रोजगारी दिने तयारी गरिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

त्यसका लागि सम्बन्धित स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकिएको मन्त्रालयले जानकारी दिएकाे छ। 

याे कार्यक्रम सञ्चालन गर्न स्थानीय तहले ५ लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पाएका छन्। स्थानीयस्तरमा हुने पूर्वाधार निर्माण तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारलाई ३० दिनको रोजगारी दिइने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि वैशाख २२ गते मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ।

बेरोजगारलाई न्यूनतम रोजगारी प्रत्याभूत गर्न तथा सामुदायिक पूर्वाधार विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले यो योजना अघि बढाइएको कार्यविधिमा उल्लेख गरिएको छ।

जसअनुसार स्थानीय तहले एउटा आयोजनामा बढीमा ५ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन्।

यो प्रत्येक स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई पूर्वाधार निर्माण तथा अन्य सार्वजनिक आयोजनामा संलग्न गराएर ज्यालाबापत नगद भुक्तानी गर्ने अल्पकालीन कार्यक्रम हो।

अनुदानस्वरूप प्राप्त रकम सम्बन्धित स्थानीय तहका रोजगार सेवा केन्द्रबाट खटिएका श्रमिकको ज्यालामा मात्रै भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ।

आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने गरी सबै स्थानीय तहको खातामा ससर्त अनुदान रकम पठाइएको हो। बेरोजगारमा सूचीकरणका लागि आवेदन दिने अन्तिम दिन आज मंगलबार हो।

जेठको पहिलो सातासम्म सबै स्थानीय तहमा आवेदन दिएका बेरोजगारको सूची तयार भइसक्ने बताइएकाे छ। 

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 10:18:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...