चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, डेढ महिनादेखिको आन्दोलन फिर्ता



नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्।

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि १७ चैतदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए।

सोमबार साँझ झापाको विर्तामोडमा नेपाल चिया उत्पादक संघ र चिया मजदुरका विभिन्न संघ संघठनबीच तीन बुँदे सहमति भएको वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष सन्तकुमार राईले जानकारी दिए।

सहमती अनुसार सरकारले चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब दुई सय ३१, महंगी भत्ता एक सय ४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ चिया बगान तथा कारखानामा कार्वान्यन गरिने छ।

गत साउनदेखि नपाएको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगीले मजदुरलाई भुक्तानी गरिसक्नुपर्ने, श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने र बन्द रहेका चिया बगान मंगलबार देखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख छ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक संघका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरी तथा मजदुरका तर्फबाट अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भूपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गरेका छन्।

चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनमा थिए।

सहमति भएकाले मजदुर आजैदेखि नै काममा फर्किने नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 08:13:00
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...