नेपालको आफ्नै रेल दशैंदेखि सञ्चालनमा आउने



रेल लिक
रेल लिक

सरकारले किन्न लागेको डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु) २ वटा रेल आगामी दशैंमा नेपाल आउने भएका छन्।

भारतसँग खरिद सम्झाैता भएको रेल आगामी असोज सम्ममा नेपाल आइसक्ने रेल विभागका महानिर्देशक बलराम रिजालले जानकारी दिए।

शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर संजय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु) मा आधारित रेल खरिद गर्न सम्झौता भएको थियो। 

महानिर्देशक रिजालका अनुसार सम्झाैता अनुसार नेपालमा रेल आए पछि सञ्चालन पनि साथसाथै हुने छ। अहिलेदेखि नै सञ्चालनको तयारी थालिने र रेल भित्रिएको केही दिनमा नै जयनगर–जनकपुर हुँदै कुर्थासम्म सञ्चालन गरिने उनले जानकारी दिए। यो मार्ग बर्दिबाससम्म सञ्चालन हुने छ। यसको दुरी ५९ किलोमिटरको छ तर हाल ३५ किलोमिटरसम्म मात्रै सञ्चालन हुने छ।

रिजालका अनुसार नेपालले गत ४ महिना देखि रेल खरिद सम्झाैता गर्न खोजे पनि भारतमा निर्वाचनको सयम परेकोले केही ढिला भएको हो। तर पनि लामो सयम रेलको लागि पर्खिएका नेपालीले अब ४।५ महिना पर्खिएपछि आफ्नै रेल प्रयोग गर्न पाउने छन्।

डिइएमयुमा आधारित दुई सेट रेल ८४ करोड ६५ लाख ९४ हजार ६ सय रुपैयाँमा खरिद गर्न लागिएको विभागले जनाएकाे छ। एउटा रेलमा पाँच डिब्बा रहनेछन्।

कस्तो छ नेपाललले खरिद गर्न लागेको रेल

नेपालले खरिद गर्न लागेको रेल डिजेल यूक्त रेल हो। डिजेलले विद्युत प्रदान गर्ने र विजुलीबाट सञ्चालन हुने रेल रहेको विभागले जनाएको छ। यो रेलमा दुबैतर्फ इन्जिन रहेको छ। त्यसकारणले यसलाई फर्काउन जरुरत छैन। वेट लिजमा यो सञ्चालन हुन्छ। नेपालको बाटो पनि सोही अनुरुपको निर्माण भएको छ।

कसरी सञ्चालनमा आउँछ रेल?

नेपालले रेल सञ्चालनका लागि हाल दुई विषयको अभाव छ, पहिलो कुरा नेपालसँग रेल सञ्चालन गर्ने प्राविधिक छैन। रेल सञ्चालनका लागि भारतीय पक्ष नै आउने विभागले जानकारी दिएको छ। अर्को कुरा रेल सञ्चालन गर्ने संयन्त्र नै नेपालमा छैन। विभागले रेल सञ्चालन गर्न सक्दैन। त्यसको लागि छुट्टै कम्पनी को आवश्यकता छ।

त्यसका लागी २०१३ सालमा स्थापना भएको नेपाल रेल्वे कम्पनीलाई नै बिउताउँने तयारीमा सरकार रहेको छ। जुन कम्पनी हाल बन्द अवस्थामा छ। सरकारले नेपाल रेल्वे कम्पनी रेल बोर्डको मातहतमा रहने गरी सञ्चालनको तयारी गरिरहेको छ। हाल सरकारले नेपाल रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावली तयार गरिसकेको छ। यसको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तिम रुप समेत दिईसकेको छ।

नेपालले तयार गर्दै छ रेल प्राविधिक

चीनले नेपाली रेलमार्गको अध्ययन तथा विकासका लागि नेपालका इन्जिनियरहरुलाई तालिम दिन सुरु गरेको छ। गत वर्ष १२ इन्जिनियरलाई तालिमको लागि चीन पठाइएको हो। गत वर्ष बैशाखमा चीनको सरकारी रेल कम्पनी नेसनल रेलवे एडमिनिस्ट्रेसनले प्राविधिकलाई चीनमा नै लगेर तालिम दिएको हो। उक्त कम्पनीसँग प्राविधिककहरुलाई तालिम दिने सम्झौता नै नेपालले गरिसकको छ।

प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 20:36:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...